विश्वकप छनोट : नेपाली चेलीको शानदार प्रदर्शन, मलेसियालाई ३४ रनले पराजित गर्यो - MONGOL KHABAR

Breaking

विश्वकप छनोट : नेपाली चेलीको शानदार प्रदर्शन, मलेसियालाई ३४ रनले पराजित गर्यो

काठमाडौं । फाल्गुन ७ मंगलबार, आईसीसी टी - २० महिला विश्वकपको एसिया छनोटमा नेपालले शानदार प्रदर्शन गर्दै मलेसियालाई हराएको छ । थाइलाइण्डको तेर्दथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो । 
टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२६ रन बनायो । नेपालका लागि ओपनर काजल श्रेष्ठले १६ रन बनाउँदा सीता रानामगरले ४२ रन जोडिन् । त्यस्तै इन्दु बर्माले १६ रन बनाउँदा रुबिना क्षेत्रीले नटआउट ३३ रन बनाइन।

त्यसपछि जवाफी व्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । महिला विश्वकपको एसिया छनोटमा नेपालसहित चीन, कुबेत, थाइल्याण्ड, चीन र हङकङ छन् । नेपालले अर्को खेल फेब्रुअरी २१ मा आयोजक थाइल्याण्ड सँग खेल्ने छ ।