पाल्पाकाे निस्दीमा रामपुरबाट नवलपुरको अरुणखोला गएको बस दुर्घटना हुँदा १३ जना घाइते (विवरण सहित) - MONGOL KHABAR

Breaking

पाल्पाकाे निस्दीमा रामपुरबाट नवलपुरको अरुणखोला गएको बस दुर्घटना हुँदा १३ जना घाइते (विवरण सहित)

पाल्पा, २१ माघ । पाल्पाकाे रामपुरदेखि नवलपरासीकाे दुम्कीबास जाँदै गरेकाे लु १ ख ७४३९ नम्बरकाे बस साेमबार दिउँशाे दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । रामपुर-निस्दी-नवलपुर सडकखण्डकाे निस्दी-७, गरूङ्डाँडा भन्ने स्थानमा दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रु घाइते भएका हुन् ।
उक्त सडककाे ओरालाेमा बस चिफ्लिदा राेकी राखेकाे ना ना ८ ख ४२ नम्बरकाे ट्रिपरमा ठक्कर खाइ भित्तामा ठाेक्किएकाे थियाे । बसमा ३२ जना यात्रु रहेकाेमा अन्य १९ जना सकुशल रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

घाइतेहरूकाे स्याङ्जा पाेलिटेक्निकल अरूणखाेला नवलपुरमा उपचार भइरहेकाे छ । उनीहरू मध्ये अधिकांशकाे अवस्था सामान्य रहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले जानकारी दिनुभयाे ।

घाइतेहरुको विवरण :-
१. पाल्पा जिल्ला पूर्वखोला १, सिलुवा २९ वर्ष चालक लिलप्रसाद श्रेष्ठ, अवस्था मध्यम् ।
२. नवलपरासी जिल्ला सुनवल गाउँपालकिा ४, बस्ने ३४ को सहचालक जीवन श्रेष्ठको अवस्था मध्यम् ।
३. रामपुर ७, किसानबारी डेरा गरी बस्ने ४५ वर्षका दिनानाथ पासवान, अस्था मध्यम् ।
४. भारत घर भई किसानबारी डेरा गरी बस्ने ४० वर्षका राम छेकन, अवस्था सामान्य ।
५. जिल्ला नवलपुर बिनय त्रिवेणी गाउँपालिका ४, ६० वर्षका खोमीकुमारी चिदीथापा, अवस्था सामान्य ।
६. पाल्पा निस्दी गाउँपालिका ४, बस्ने ४५ वर्षका तामबहादुर गाहा, अवस्था सामान्य ।
७. पाल्पा जिल्ला निस्दी गाउँपालिका ४, बस्ने ४६ का थामीसरा गाहा, अवस्था सामान्य ।
८. पाल्पा जिल्ला, निस्दी गाउँपालिका ४, बस्ने ३५ वर्षका तेजमाया सोमै, अवस्था सामान्य ।
९. नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका, १५ बस्ने ५५ वर्षका नारायणबहादुर वास्ताकोटी, अवस्था सामान्य ।
१०. पाल्पा जिल्ला रामपुर नगरपालिका ५, बस्ने ३६ वर्षका नीरमाया केसी, अवस्था सामान्य ।
११. नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका १०, ७५ वर्षका रुपा थापा, अवस्था समान्य ।
१२. नवरपुर जिल्ला कावासोती नगरपालिका १४ बस्ने ५५ वर्षको ओमप्रकाश वास्ताकोटी, अवस्था सामान्य ।
१३. पाल्पा जिल्ला रामपुर नगरपालिका ९, बस्ने ५५ वर्षका विष्णु पराजुली, अवस्था सामान्य । स्राेत : जिप्रका पाल्पा ।