आज हुने खेलमा क्यामरूनकाे दाउफिन्स क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्ने - MONGOL KHABAR

Breaking

आज हुने खेलमा क्यामरूनकाे दाउफिन्स क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्ने

धरान । बुढासुब्बा गाेल्डकप फुटबल प्रतियाेगितामा आज बुधबार हुने खेलमा क्यामरूनकाे दाउफिन्स क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्ने भएका छन् । 
मनकामना केबुलकार पाेखरा कपकाे फाइनलमा एक साता अघि मात्रै भिडेका यि दुइ क्लब आज बुढासुब्बा गाेल्डकपमा पनि भिड्दैछन् । 

दाउफिन्सले मनकामना केबुलकार पाेखरा कपकाे फाइनल खेलमा एपिएफलाई १–० गाेल अन्तरले पराजित गरेकाे थियाे । दाउफिन्सका यान्निक दाफिनाज पाेखरा कपकाे उच्च गाेलकर्ता समेत बने । उनले ५ गाेल गरेका थिए । बुढासुब्बाकाे उपाधी विजेताले नगद रू ८ लाख र उपविजेताले ४ लाख पुरस्कार प्राप्त गर्नेछ ।