मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला आजबाट शुरु - MONGOL KHABAR

Breaking

मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला आजबाट शुरु

सहवान अन्सारी
नवलपरासी फागुन १२, नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आजबाट शुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )सुस्ता गाऊपालिका वडा नं .२ महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ । यो  मेला बदिउदिन जिन्दा शाह बाबाको ६०२ अौं मेला हो ।
मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब एक सय सुरक्षा कर्मी परिचालन गरिएको साथै करिब दुई जना स्वयंसेवक ,दुई ठाउँमा स्वास्थ्य शिविर ,बिस  वटा सार्वजनिक शौचालय ,नयाँ बाटो निर्माण, लगायत आउने भक्तजनहरूलाई  विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष निजामुद्दिन अन्सारीले मंगोल खबरलाई बताएको छ ।

महलवारी बजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म पुग्ने गर्दछन । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयुक्त सहभागिता रहने गर्दछ । बाबाको मजार सम्म पुगेपछी  घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत छ ।

मेलामा नेपाल लगायत भारतको विभिन्न ठाँउबाट करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने कुतबुल मदार शाह दरगाह कमितिले जनाएको छ । यो मेला फाल्गुन १२ गते देखी २० गते सम्म संचालन रहने जनाएको छ ।