दैलेख जिल्लाकाे ठाटिकाध गाउँपालिकाकाे धामिगाउँमा जिप दुर्घटनाका घाइते मनिषा रास्कोटी मगरलाई दोस्रो पटक आर्थिक सहयाेग हस्तान्तरण । - MONGOL KHABAR

Breaking

दैलेख जिल्लाकाे ठाटिकाध गाउँपालिकाकाे धामिगाउँमा जिप दुर्घटनाका घाइते मनिषा रास्कोटी मगरलाई दोस्रो पटक आर्थिक सहयाेग हस्तान्तरण ।

सुर्खेत । फाल्गुन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा सुर्खेतले दैलेख निबासि मनिषा रास्कोटी मगरलाई १६ हजार एक सय २० रुपियाँ आर्थिक सहयोग गरेको छ । पहिले गरेको ३०,००५ सहित जम्मा रु. ४३ हजार २ सय २५ रुपियाँ सहयोग गरेको छ ।
सहयोगको लागि संकलित रकम मगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका केन्द्रीय सदस्य कुल बहादुर सारु मगरले एक कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा जिल्ला सचीव भुपेन्द्र थापा मगर, जिल्ला सदस्य मिलन थापा मगर लगायत सहभागी रहेको थियोे । संकलित रकम साइप्रसमा कार्यरत मरियम बिष्णु कुमारी राई  र प्रवास सभा मलेसियाको पहलमा संकलन गरेको थियो ।

मनिषा रास्कोटी मगरकाे गत मङ्सिर १२ गते दैलेख जिल्लाकाे ठाटिकाध गाउँपालिकाकाे धामिगाउँमा जिप दुर्घटनामा परि घाइते भएको थियो । उक्त घटनामा ६ जनाकाे मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । घाइते परिवारका सदस्य मनकला रास्कोटी मगरले सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद प्रदान गर्नुभएको छ ।