मोटरसाइकल चालक मनोज रामजालीमगर भने सामान्य घाइते भएको छ । मोटरसाइकल पछाडी रहेको राना मगर भने मोटर साइकलबाट ढुङ्गामा बजारिन पुगिको कारणले दुईवटा दात भाँचिएको छ, भने आँखाको नजिक ठुलो चोट लागेको छ । घाइतेको आँखाको नसा काटिएको कारणले छिटो भन्दा छिटो अप्रेशन गर्न पर्ने भएकोले आर्थिकको जरुरी छ । हाल उपचारको लागि नेपालगन्जमा रिफर गरिएको छ । आँखाको तत्काल अप्रेसन गर्न परेकोले आर्थिकको समस्याले तत्काल अप्रेसन गर्न नसक्ने पारिबारिक स्रोतले जनाकारी दिएको छ । साथै सहयोगको लागि आह्वान समेत गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ जिल्ला सभा सुर्खेत द्वारा देश बिदेशमा रहनुभएका सम्पुर्ण मुलबासी मंगोलहरुलाई सहयोगको अपील गरेको छ । सहयोगको लागी सम्बन्धित जिल्ला सभा, प्रदेश सभा, प्रवास सभामा सम्पर्क गर्न सकिने जनाइएको छ ।