मंगोल अधिकारको लागि खुल्ला गाउँपालिका अधिबेशन भब्यताका साथ सम्पन्न - MONGOL KHABAR

Breaking

मंगोल अधिकारको लागि खुल्ला गाउँपालिका अधिबेशन भब्यताका साथ सम्पन्न

दोलखा, ४ फागुन । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा दोलखाको आयोजना मंगोल अधिकार सभा तथा खुल्ला साँस्कृतिक समाहरोह कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
कालिन्चोक गा.पा.-४ लापिलाङ स्कुलको प्राङ्गणमा मौसमी प्रतिकुलताको बिच निर्धारण समय भन्दा निकै ढिलो शुरु भएको कार्यक्रमलाई सांगीतिक माहोलले तताएको थियो ।

सभालाई प्रमुख अतिथी जीवन मंगोलले सम्बोधन गर्दै मंगोलहरु घाम पानी हावा हुरि थेग्न सक्ने क्षमता रहेको बताए । मूलबासी मंगोलहरुलाई शासक बर्गले गरेको बिभेद्को अन्त्य गर्नका लागि मंगोलबाद अपरिहार्य रहेको बताए । मूलबासी मंगोल भन्नू साम्प्रदायिक नभएर नैसर्गिक अधिकार हो भनी प्रष्ट्याउनु भयो ।

केन्द्रिय साँस्कृतिक बिभाग प्रमुख इन्दिरा राई, केन्द्रीय सद्स्य सुखमान थामी, गायक सोलुखुम्बु जिल्ला मंगोल अभियनता प्रकाश राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । सभामा पाँच नम्बर प्रदेश संयोजक बिमला पुन मगरले मंगोल एकताको आजको आबस्यता रहेकोले आम मुलबासी मंगोल जनतालाई संगठनमा आबद्ध हुन आह्वान गरेको थियो ।

दोलखा जिल्ला अध्यक्ष आकाश थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलियुग टोलि माया थामी, गणेश राई लगायत स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई जिल्ला सचिव सुजन थामिले सञ्चालन गरेका थिए ।