आफूलाई जनजाति भन्दै हिड्नु हुने फिरिंगे समाज शास्त्रीहरुले बुझ नपचाउनुस ! - MONGOL KHABAR

Breaking

आफूलाई जनजाति भन्दै हिड्नु हुने फिरिंगे समाज शास्त्रीहरुले बुझ नपचाउनुस !

डा.सुरेन्द्र केसी ( इतिहासको बिषयमा उहाँले मलाई नि पढाउनु भएको हो ) ले त जनजातिको चरण पार गरेको भनेका छन् यसको मतलप जनजाती भनेको अस्थिर घुमन्तु हो भन्ने आशय बुझ्न सकिन्छ अर्का केहि वर्ष अघि मात्र सिपि मैनाली र कृष्ण भट्टचनलाई कान्तिपुर टेलिभिजनको एक बहसमा प्रस्तोताले भट्टचनलाई सोधिएको प्रश्न थियो : तपाई आदिबासी कि जनजाति ?
भट्टचनले भने - "म आदिबासी जनजाति !" सोहि प्रश्न सिपि मैनालीलाई सोधियो जवाफमा मैनालीले भने - "म जनजाती होइन मैले जनजाती अवस्था पार गरि आदिबासी बनेको ५ सय वर्ष भयो ! "
यस भनाइको तात्पर्य :
१) आदिबासी र जनजाति फरक हो,
२) जनजाती भनेको उसको देशै हुदैन जो दुलुवा हो,
३) आदिबासी भनेको पनि मूलबासी होइन !
अब सोच्नुस मैनालीले भने अनुरुप बुझ्दा काफी छ कि बाहुन आफैले दुलुवा gypsy people बाट रैथाने बन्दैछु भन्दैछ ...फेरी फिरिंगे बुद्दि जीबीहरु भन्नु हुन्छ, 'म दुलुवा हो' ....बाहुनले इंगित गरि सक्यो, 'म ५ सय बर्ष नेपाल प्रवेश गरेको भयो !' अर्को महत्वपूर्ण तथ्य collins cobuild  english language distionary मा पनि 'मूलबासी भनेको युरोपिएनहरु पुग्नु अघि देखि त्यहि भूमिमा बसोबास थिए', भनिएको छ ! यसले के प्रमाणित गर्छ भने हामी मंगोल त जनजाती हुदै होइन र आदिबासी पनि होइन, हामी मूलबासी हौ ! अब बुझ्नुस बाहुन क्षेत्री त युरोपबाट आएका हुन् त्यो कुरा घाम भन्दा छर्लंग छ ...तपाई बुद्दिजीबीले चाहि फटाहा कुरा गर्ने ? एशियामा उत्पति भएका हामी मंगोलहरु ति युरोपिएन बाहुन क्षेत्रीले जनजाति भन्दा गर्व गर्ने ?