भेरी नदिमा यात्रु बाहक बस खस्यो - MONGOL KHABAR

Breaking

भेरी नदिमा यात्रु बाहक बस खस्यो

जाजरकोट, फागुन २, बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ । आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो ।
यात्रुवाहक बसको चलानअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालीसकेको छ । रासस