रुपन्देहीमा भारतीय मजदुरलाई जिउदै जलायो - MONGOL KHABAR

Breaking

रुपन्देहीमा भारतीय मजदुरलाई जिउदै जलायो

बुटवल । फागुन १३ शुद्धोधन गाँउपालिका वडा न:१ सिखडामा एकजना भारतिय मुलका नेपालमा मजदुरी गर्दै आएका ब्याक्तिलाई गए राती करिब ११ बजे स्थानिय युवाहरूले ज्युदै जलाएका छन । मधिरा सेवन गरि आएका युवाहरु शुद्धोधन १ सिङ्गापुरका महेन्द्र गुप्ता र शुद्धोधन २का रमेश र गणेश गुप्ताले पिपलको रुख मुनि सुतिरहेका अन्दाजी ५५वर्षका भारत उडिसाका सचित ध्वालाइ चोरको आरोप लगाउदै निबस्त्र बनाइ बस्त्र र झोला जलाइ त्यही आगोमा मान्छेलाई जलाएको प्रहरी बयान बाट खुलेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशब बहादुर बस्तेनले जानकारी दिनुभएको छ ।

मान्छे नै जलाएको थाहा पाएपछी स्थानिय सो स्थानमा पुग्दा पिडित गहु बारीमा पिडाले छटपटाइरहेको र त्यो देखेपछि स्थानीयको सक्रियताता उद्दार गरि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको जानकारी दिएका छन।पिडक दुई युवा प्रकाउ परेका छन भने एकजना फरार छ्न । घाइते भएका पिडित उपचार पछि हिड्न बोल्न सक्ने भएकाे प्रहरीले बताएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस