पुर्ब मोरङमा संगठनले मंगोल दर्शन फैलाउदै - MONGOL KHABAR

Breaking

पुर्ब मोरङमा संगठनले मंगोल दर्शन फैलाउदै

मोरङ । फाल्गुन २६, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मोरङको कनेपोखरी गाउँपालिकाको वडा नम्बर पाँचमा शनिबार प्रशिक्षण तथा वडा सभा गठन गरेको छ ।
संगठनका केन्द्रिय सदस्य तथा केन्द्रीय अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राईको प्रमुख अतिथीमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथी राइले प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश २ का प्रमुख फजिल मन्सुरी र केन्द्रीय सदस्य तथा मंगोल युबा सभाका संयोजक अमित याख्खा राई लगायतका नेताकार्यकर्ताको पनि सहभागिता रहेको थियो ।