पाल्पाको टुँडिखेलमा जापनिज नागरिक ओके बाजेलाई भब्य नागरिक अभिनन्दन - MONGOL KHABAR

Breaking

पाल्पाको टुँडिखेलमा जापनिज नागरिक ओके बाजेलाई भब्य नागरिक अभिनन्दन

जगत ठाडा मंगोल
पाल्पा । फाल्गुन ३०, बिगत २५ वर्षदेखि पाल्पामा रही समाजसेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमी ओकेबाजेलाई टुँडिखेलमा अभिनन्दन कार्यक्रम भब्य गरेको छ ।
काजुमासा काकिमी ओकेबाजे नागरिक अभिनन्दन मूल समारोह समिति पाल्पाले वहाँलाई नागरिक अभिनन्दन गरेको हो । ओकेबाजीले पाल्पाको शैक्षिक र सामाजिक बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । पाल्पाका बिभिन्न बिद्यालयहरुको भवन निर्माण, क्लवहरुको भवन निर्माण, गरिव तथा बिपन्न समुदायका बालबालिकाहरुको शैक्षिक बिकास र जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासका लागि ओकेबाजेले आर्थिक सहयोग गर्दै आएका छन् ।

सन् १९३९ मा जापानको टोकियोमा जन्मिई बासोदा बिश्वबिद्यालयबाट स्नातक तह उत्तीर्ण गरि टोकियोमै एक उच्च माविमा २३ वर्ष अध्यापन गराई अवकास पछि सन् १९९३ बाट पाल्पाको जल्पा गाविस स्थित ढोलीमारा गाउँमा आएर पाल लगाएर बस्न थालेका थिए ।

गरिवी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिकाहरु बिद्यालय नजाने, सरसफाईमा खासै ध्यान नदिने गरेको देखे पछि ओकेबाजेले पाल्पामा बसेर समाजसेवा गर्दै आएका छन् । उनको जापानी नाम काजुमासा कामिकी भए पनि उनले जनताको दुःखका बेला जस्तो सुकै प्रस्ताव राखे पनि ओके ओके भन्ने भएकोले पाल्पालीहरुले नै उनको नेपाली नाम ओकेबाजे राखिएका हुन् ।

उनकै सहयोगमा अहिले जिल्लाका २ सय बढी बिद्यालयहरुमा पक्की भवन बनेका छन् । सयौ बालक्लवहरुले क्लवको भवन बनाई रचनात्मक काम गर्दै आएका छन् भने पढाई प्रति रुचि भएर पनि आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरुले समेत ओकेबाजे कै सहयोगमा उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सुविधा लिएका छन् । सुरु सुरुमा ओकेबाजे गाउँमा आएर बस्दा जासुस आयो भनेर शंका गर्नेहरुले समेत यतिबेला ओकेबाजेलाई भगवान मान्दै आएका छन् ।

उनले जापानमा रहेका सामाजिक तथा युवा क्लवहरुले थोरै थोरै गरि संकलन गरेको रकम नेपाल ल्याएर समाजसेवाको क्षेत्रमा लगानी गर्दै आएका छन् । उनको अभिनन्दन कार्यक्रममा जापानबाट समेत ७० बढी जापानी नागरिकहरु समेत सहभागी छन् ।