पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर, ६ अर्चलेमा ट्याक्टर दुर्घटना, दश जना घाइते - MONGOL KHABAR

Breaking

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर, ६ अर्चलेमा ट्याक्टर दुर्घटना, दश जना घाइते

पाल्पा । चैत ३ आइतबार, पुर्बी पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेमा आज बिहान ट्याक्टर दुर्घटना भएको छ ।
लु १ त ९०४ नम्बरको ट्याक्टर मल लिएर जाने क्रममा निस्दी गाउँपालिकाको अर्चले सिमलडाँडा लामडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएको छ ।घाइते हुनेहरुमा ५३ वर्षीय बोम बहादुर बयम्बु मगर, १६ वर्षीय मनिराम बयम्बु मगर, ५५ वर्षीय धनमाया सोमै मगर,२७ वर्षका महेन्द्र सोमै मगर र ५३ वर्षका नम बहादुर सोमै मगर रहेका छन् ।
त्यसैगरी ३१ वर्षका मेदन सोमै मगर, ३० वर्षका हिरा मश्राङ्गी (ट्याक्टर सहचालक) ५७ वर्षका हुम बहादुर सोमै मगर र ५१ वर्षका ङन बहादुर सोमै मगर घाइते भएका छन् ।

घाइते मध्ये महेन्द्र सोमै मगरको अवस्था चिन्ता जनक र अन्य ९ जनाको अवस्था सामान्य रहेको घटनामा खटिएका प्रहरी चौकी जब्कादीका हवल्दार मेघराज बेलबासेले मंगोल खबरलाई जानकारी दिनुभएको छ ।

घाइतेहरुलाई स्थानिय प्राथमिक उपचार पछि मिसन अस्पताल तानसेन पाल्पा तिर पठाइएको वडा अध्यक्ष मेख बहादुर सुनारी मगरले बताउनु भएको छ । ट्याक्टर ओरालो बाटो, घुम्ती र तिब्र गतिका कारणले दुर्घटना भएको हो ।