सामान्ती नाजिबादी प्रतीक स्वास्तिक चिन्ह परिवर्तन गर्न निर्वाचन आयोगलाई संगठनद्वारा ध्यानाकर्षण - MONGOL KHABAR

Breaking

सामान्ती नाजिबादी प्रतीक स्वास्तिक चिन्ह परिवर्तन गर्न निर्वाचन आयोगलाई संगठनद्वारा ध्यानाकर्षण

मंगोल खबर संम्बाददाता
काठमाडौ / चैत्र ५, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघीय सभाको टोलि निर्वाचन आयोगमा पुगेको छ । संगठनका संयोजक विरलाल वालाहाङ राईले कार्यबाहाक निर्वाचन आयुक्त प्रमुख नरेन्द्र दाहाललाई भेटेर उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको प्रेसिडेन्ट कार्यालय एल्लो हाउसले मंगोल खबरलाई जानकारी दिएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले निर्वाचन आयोगद्वारा चुनावमा प्रयोग हुने सामन्ती नाजिबादी प्रतीक स्वास्तिक चिन्हको बिरोध गर्दै आएको थियो । संगठनका संयोजक बिरलाल वालाहाङ राईद्वारा आधिकारिक रूपमा कार्यबाहक निर्वाचन आयुक्त नरेन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
संगठनका तर्फबाट संयोजक बिरलाल वालाहाङ राई, मुलसचिव नरबहादुर दर्लामीमगर, कोषाअध्क्ष दिनेश बान्तवा राई,सह-सचीव मोहन सरेङ लिम्बु र संचार बिभाग प्रमुख जिवन मंगोल समेत सहभागी रहनुभएको थियो ।