उपनाम राखेर पनि नागरिकता लिन सक्ने - MONGOL KHABAR

Breaking

उपनाम राखेर पनि नागरिकता लिन सक्ने

चैत्र ६, कुनै ब्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन । प्रतिनिधिसभाको राज्य ब्यबस्था तथा सुशासन समितिको मंगलबारको बैंठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने बिषयमा सहमती जुटाएको हो ।
थर वा जात नजनाईकन उपनाम राखेर नागरिकता लिन पाउने बिषयमा आजको बैंठकले सहमती जुटाएको सभापती शशी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेश्रो लिङ्गिले पनि नागरिकता लिन पाउने बिषयमा बैंठकले सहमती जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिदा भने मान्यता प्राप्ता चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ ।

समितीले एेन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने ब्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैशिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकतामा जारी भएको एक बर्षभित्र आधार र प्रमाणसहित त्रुटि सच्याउन पाउने ब्यबस्था गरेको छ ।

यसैगरि यसअघि नागरिकता प्रप्ता गरिसकेको ब्यक्तिको हकमा पनि एेन जारी भएको एक बर्षभित्र आधार र प्रमाणसहित त्यस्ता त्रुटिसमेत सच्याउन सक्नेछन । यस्तै नागरिकतामा हुन सक्ने सामन्य त्रुटिहरु वा आकार इकारमा फरक परेमा त्यस्ता समस्यामा पनि जुन सुकै समयमा सच्याउन सक्ने बिषयमा समितिले सहमती जुटाएको छ ।बहादुर, प्रसाद, नाथ, देबि जस्ता बिचको नाम जनाउने बिषय बढी भए वा थप गर्नुपरे त्यस्ता समस्या सच्याउन सकिने निर्णय गरेको हो । समितिको बैंठकमा नागरीताका अन्य धेरै बिषयमा छलफल भए पनि अन्य बिषयमा समेत सहमती जुट्न सकेन । रासस