होलि मानउनेको संख्या प्रत्येक बर्ष घटेको एल्लो हाउसको निष्कर्ष - MONGOL KHABAR

Breaking

होलि मानउनेको संख्या प्रत्येक बर्ष घटेको एल्लो हाउसको निष्कर्ष

काठमाडौ / ६ चैत, गत बर्ष भन्दा यो बर्ष होलि मनाउनेको सख्या अत्याधिक रुपमा कम भएको मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको प्रेसिडेन्ट कार्यलय एल्लो हाउसले जनाएको छ ।
मुलबासी मंगोल चेली होलिकालाई हिंसात्मक ढंगले अत्याचार र अन्यायिक तरिकाले हत्या गरि होलिकाको रगतले होलि मनाउन नहुने र त्यही दिनलाई मुलबासी मंगोलले कालो दिन मनाउने, शिक्षा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले आफ्नो संगठन बिस्तार र प्रशिक्षणको क्रममा जानकारी दिदै आएकोले त्यही प्रभावमा होलि मनाउनेको संख्या घट्दै आएको एल्लो हाउसको दाबी छ ।

एल्लो हाउसको तथ्यङ अनुसार संगठनको धार्मिक, सांस्कृतिक र शैक्षिक राजनीतिको प्रभाव मुलबासी मंगोल जनताहरुमा परेको कारण मुलबासी मंगोलहरुले होलिलाई त्यागेको कारणले होलि मनाउनेको संख्या घटेको धारणा प्रस्तुत गरेको छ ।

साथै बिस्तारै बिस्तारै सम्पूर्ण यो देशको 80% अहिन्दु मुलबासी मंगोलहरुले होलि मनाउनुको अर्थ बुझेपछि सबैले मान्न छोडने र आफ्नो संस्कार संस्कृतिको खोजी गर्ने दाबी समेत मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको प्रेसिडेन्ट कार्यालय एल्लो हाउसले निष्कर्ष निकालेको मुलसचिब नरबहादुर दर्लामी मंगोल ( बर्णबास ) ले मंगोल खबरलाई जानकारी दिनुभएको छ ।