नवलपुरको "गैडाकोट नगरपालिका वडा नं ३ ढोडेनीमा भोलि देखि प्रथम एेतिहासिक ढोडेनी मेला हुने" - MONGOL KHABAR

Breaking

नवलपुरको "गैडाकोट नगरपालिका वडा नं ३ ढोडेनीमा भोलि देखि प्रथम एेतिहासिक ढोडेनी मेला हुने"

झबिन्द्र मगर
नवलपुर । फाल्गुन १९, गैडाकोट नगरपालिका वडा नं ३ ढोडेनीमा भोलि फाल्गुण २० गते देखि प्रथम एेतिहासिक ढोडेनी मेला लाग्ने भएको छ ।
महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएका उक्त मेलाले स्थानीय भाषा सस्कृतिको जगेर्न, स्थानीय प्रतिभालाई उजागड गर्ने र वडा भित्र रहेको विभिन्न धार्मिक स्थलहरुको प्रचारप्रचार गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । साथै स्थानीयलाई कार्यक्रममा सहभागी हुन अपिल समेत गरेका छन ।
मेलामा दर्जनौ राष्ट्रिय स्तरका कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने र गैडाकोट नगरपालिका वडा नं ३ भित्रका टोलस्तरीया चुट्का ( कौडा ) प्रतियोगिता समेत रहने आयोजकले बताएका छन ।

उक्त मेलामा गैडाकोट नगरपालिका भित्रका १८ वटा वडाका, वडा अध्यक्षहरुको बिच दौड प्रतियोगिता, वडा महिला सदस्यहरु विच दौड प्रतियोगिता र खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता पनि हुने आयोजकले मंगोल खबरलाई जानकारी दिएका छन ।