नेपालको मुलबासीले बुझ्नु पर्ने, ईतिहास भित्रकाे ईतिहास - MONGOL KHABAR

Breaking

नेपालको मुलबासीले बुझ्नु पर्ने, ईतिहास भित्रकाे ईतिहास

काठमाडौ । फाल्गुन २१, वास्तवमा ईतिहासलाई काेट्याउदा जात यसरी निर्माण गरियाे । हिन्दु ग्रन्थ, भहाभारत, वेद पुराण अनुसार जब अार्यहरु भारतवाट अलाउदिन खिल्जिकाे अाक्रमणमा परेर नेपाल प्रवेश गरे, उनिहरुले हाम्रा पुर्खाहरु संग सरणमागि वसाेवास गर्ने क्रममा उनिहरुले अनेक जालझेल प्रपाेज रचि हाम्रा पुर्खाहरुलाई नास गरेर हाम्रा भाषा सस्कृति विनास गर्दै गए । उनिहरुले वेद व्यास, पुराण, रामायण, जस्ता काल्पनिक कथाहरु निर्माण गरे ।

जुन वेद व्यासमा जातिय वर्गिकरण अार्य/अनार्य भनिएकाे छ । नेपालमा भएकाे बहुसंख्यक अनार्य भएकाले अनार्यहरुलाई विभिन्न फुटमा ल्याउन विभिन्न जात जाति वनाईयाे । सन १९१० मा नेपालकाे मुलुकी ऐन घाेषणा गर्दा मासिने जाति, नमासिने जाती,पानी चल्ने जाति अछुत जाति वनाईयाे । परन्तु संबिधान संसाेधन गर्दै मतुवालि दलित गैर दलित पनि घाेसित गर्दै, एमालेको चाैथाे राष्ट्रिय अधिवेशन विरातनगरवाट पारित गरिएकाे अादिवासि जनजाति दलित शब्द ल्याएकाे हाे ।

कुरा के स्पष्ट हुन्छ भने जात जातिकाे ईतिहास केलाउदा अार्य अनार्यवाट जात जाति वढाउदै लैजानुमा अनार्यहरुलाई विभाजित गरि विभिन्न जात निर्माण गरिएकाे छ । वास्तवमा याे विभाजित भएका खस अार्य वाहेक अन्य अादिवासि जनजाति दलित भनिएकाहरुकाे डि एन ए एउटै वर्णमा मिलेकाे विश्व वैज्ञानिकले प्रमाणित गरिसकेकाे छ । तर याे यथार्तता बाहिर प्रचार भने शासक वर्गवाट लुकाएर गलत शिक्षा सिकाई रहेकाे छ । अर्काे कुरा अादिवासि जनजाति/ मुलवासि शव्दकाे अर्थ फरक लाग्ने भएकाले  अनार्यहरुलाई मुलवासी मंगाेल लेखिनु पर्दछ, र भनिनु पर्दछ ।

जबकी १ कराेड १० लाख वर्ष पुरानाे मानव अस्थिपञ्जर पाल्पा जिल्लाकाे र वुटवलकाे दाेभान तिनाउ नदिकाे आसपासमा भेटिएकाे रामापिथेकसकाे वंगरा विश्व वैज्ञानिकहरुले डि एन ए परिक्षणवाट नेपालका मंगाेलहरुसंग मिलेकाे तथ्यकाे अाधारमा याे देश नेपाल मुलवासी मंगाेलहरुकाे जन्म थलाे हाे । त्यसैले हामी मंगाेलहरु अादिवासि जनजाति/अायातित जातिय कमारा जाति नभएर भुमि पुत्र मुलवासी मंगाेलहरु हाै ।
लेखक:- कमल मगर
नेपाल:- सुर्खेत ( कर्णाली प्रदेश )
हाल:- मलेसियामा कार्यरत