जानकारीको लागि लिङ्क खोलेर पूरा पढ्नु होला, फेसबुक मालिक जुकरबर्गको अति जरुरी सन्देश :- फेसबुकबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला - MONGOL KHABAR

Breaking

जानकारीको लागि लिङ्क खोलेर पूरा पढ्नु होला, फेसबुक मालिक जुकरबर्गको अति जरुरी सन्देश :- फेसबुकबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

फाल्गुन । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि ठूलो समस्या पनि बन्न सक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुरा बारे जानकारी दिँदैछौं ।
१) फोन नम्बरः- मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउने छन् ।

२) जन्मदिनः- ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंक सम्म पुग्न सक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

३) वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः- अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र फेसबुकमा साथी राख्नु बुद्धिमानी हुनेछ ।

४) रिलेसनशीप स्टेटसः- यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

५) क्रेडिट कार्ड डिटेल्सः- क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबै भन्दा ठूलो डर यसैबाट हुन्छ ।

६) आफ्नो बसलाई नजोड्नुहोस्ः- यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुन सक्छ ।

७) आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः- फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नु होस् । थाहा छैन कति बेला, कसले तपाईं माथि नजर गाडिरहेको छ ।

८) छुट्टिको जानकारी नदिनुहोस्ः- याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नु भएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुन सक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो हुन्छ ।

९) परिवारको तस्बिर नराख्नुहोस्ः- यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवार सम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

१०) बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः-  तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

११) लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः- आइफोन होस् वा एन्ड्रोइड, लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाए लगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

नोट:- अरुको लागि सेयर गर्न नभुल्नु होला ।