बर्तमान वलि सरकार पाँच बर्ष सम्म चलाउन दिए मुलुक ध्वस्त हुने क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलको टिप्पणी - MONGOL KHABAR

Breaking

बर्तमान वलि सरकार पाँच बर्ष सम्म चलाउन दिए मुलुक ध्वस्त हुने क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलको टिप्पणी

काठमाडौ । फाल्गुन २१, वर्तमान प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार चलाउन दिए मुलुक ध्वस्त हुने क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले बताएका छन् । उनले सोहि कारणले ओलीलाई सरकार छाड्न सुझाव सहित चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेतृत्व गरेको अहिलेको सरकारबाट आशा गर्ने ठाउँ नरहेको उनले स्पष्ट पारेका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गर्दा यस्तो गति छ । फेरी पनि हामीले ओलीले भनेका कुरा गर्दै गयौ भने देश अझै दुर्गतितर्फ जान लागेको संकेत गरेको टिप्पणी गरे । संविधान अनुसार वर्तमान सरकार पाँच वर्ष चल्नलाई कसैले नरोके पनि यो सरकार सडक आन्दोलनबाटै ढाल्नुपर्ने उनको भनाइ छ । यसैले आफुहरु यसको लागि तयार रहेको बताए ।