बिगत तीन दशक देखि लालपुर्जा बिहिन रामपुरबासी, सरकारले जग्गा दर्ता समिती गठन २०७५ स्वीकृति गरे पछि खुशि - MONGOL KHABAR

Breaking

बिगत तीन दशक देखि लालपुर्जा बिहिन रामपुरबासी, सरकारले जग्गा दर्ता समिती गठन २०७५ स्वीकृति गरे पछि खुशि

पाल्पा । चैत तीन दशक अघि देखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् ।
सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरे पछि नगरवासीमा खुशियाली छाएको हो ।

जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी जग्गादर्ता समिति गठन आदेश २०७५ सरकारले स्वीकृत गरेपछि रोकिएको लालपूर्जा पाउने खबरले उत्साहित बनेका हुन् ।

हालको रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी मावि र वडा नं ६ स्थित दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले त्यहाँका घर घडेरी बिक्री गरेपछि स्थानीयवासीले विसं २०३५/२०३६ देखि नै जग्गा भोगचलन गर्दै आइरहेका छन् ।

रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्नेक्रम जारी छ । उद्योग, व्यापार व्यवसाय दिनानुदिन खुल्ने सङ्ख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपूर्जा नपाउँदा चिन्तित बनेका थिए ।

लालपूर्जा विहीन बनेका रामपुर नगरपालिका - ५, ६ र ७ का ८५६ घरधुरीका स्थानीयवासी लालपूर्जा पाउने सरकारले निर्णय गरेसँगै खुशी व्यक्त गरेका छन् । रामपुर नगरपालिका - ५ बेझाड बजारका डिलमाया सोमै मगरले २५ वर्षअघि रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा लालपूर्जा पाउने आशामा घडेरी लिएका थिए ।

उहाँले लामो समय भइसक्दा पनि लालपूर्जा नपाए पछि आशा मारिसक्नु भएको थियो । अहिले सरकारले रामपुर नगरपालिका अन्तर्गतको जग्गा दर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि उहाँ ढुक्क हुनु भएको छ । राजनीति दलले रामपुरबासीलाई निर्बाचनको समयमा लालपुर्जा बनाई दिने भन्दै भोट मागी बिजय भएर गए पनि लालपुर्जा पाउन नसकेको थियो । अब यहाँका धरधनीले लालपुर्जा पाउने भए पछि राजनीति दलले के सपना देखाएर भोट माग्ने आउँछ भनेर स्थानिय जनताले कुरा गरेका छन । “पटकपटक लालपूर्जा पाइन्छ भन्ने तर नपाउँदा अब पनि के पाइएला र ? भन्ने लागेको थियो, सरकारले यसबारेमा निर्णय गरेको खबर सुन्दा आशा जागेको छ”, उहाँले भन्नुभयो । रासस