सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले तीन दिनमा दुई करोड ४० कमायो - MONGOL KHABAR

Breaking

सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले तीन दिनमा दुई करोड ४० कमायो

काठमाडौँ । सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले तीन दिनमा दुई करोड ४० लाख ग्रस कमाउन सफल भएको छ । शुक्रवारबाट प्रदशर्नमा आएको फिल्म ओपनिङ सो औसत रहेपनि दिउँसो २ बजेबाट फिल्मले पिकअप लिएको थियो । शनिबारको बक्स अफिस भने आक्रामक रह्यो ।
दुई दिन हलमा अनमोलको गजबको स्टारडम देखिएको थियो । देशैभर पहिलो दिन ६५ लाख कमाएको फिल्म ‘क्याप्टेन’ ले दोस्रो दिन शनिबार पहिलो दिनको तुलनामा दोब्बर कलेक्सन गरेको छ । शनिबार फिल्मले एक करोड २५ लाख कमाई गरेको थियोे भने तेस्रो दिन आइतबार ५० लाखको व्यापार गरेको थियो ।

फुटबलमा देशलाई गोल्ड मेडल जिताउने पिताको सपना पूरा गर्ने एक छोराको संघर्षको पेरिफेरीमा फिल्म घुमेको छ । अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भने, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय छ । यसलाई भुवन केसीले बनाएका हुन् ।