MNO डा.गोपाल गुरुङ संगठनका नेताकार्यकर्ताले मिर्गौला पीडित जयबहादुर पाइजालाई सहयोग प्रदान - MONGOL KHABAR

Breaking

MNO डा.गोपाल गुरुङ संगठनका नेताकार्यकर्ताले मिर्गौला पीडित जयबहादुर पाइजालाई सहयोग प्रदान

काठमाडौ । फाल्गुन २१, मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङले आज पर्वत जिल्ला सालिजा स्थाई घर भै हाल बर्दिया बस्ने मिर्गौला पीडित  जयबहादुर पाइजालाई आर्थिक सहयोग गरेको छ । मिर्गौला परिवर्तन गर्नुभएका जयबहादुर पाइजालाई  रु.११५०० अक्षरुपी एघार हजार पाँच सय सहयोग गरिएको छ ।
सहयोग रकम संगठनका केन्द्रिय मुलसचिब नरबहादुर दर्लामी मगरले हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा  केन्द्रिय संचार बिभाग प्रमुख जिवन मंगोल, आर्थिक बिभाग प्रमुख आरेन राइ, केन्द्रिय सदस्य बिक्रम लिम्बू  लगायत उपस्थित रहनुभएको थियो ।

उक्त संकलन रकम संगठनका नेताकार्यकर्ता मलेसियामा कार्यरत शिबबहादुर थापा मगर र झनकबहादुर तामाङले रु.४०० हजार साथै अन्य केन्द्रिय नेताहरु नरबहादुर दर्लामी मगर ( बर्णबास ) केन्द्रिय संचार बिभाग प्रमुख जिवन मंगोल,आर्थिक बिभाग प्रमुख आरेन राइ, केन्द्रिय सदस्य बिक्रम लिम्बू कर्णाली प्रदेश सचीव नरबहादुर खप्तदी र कर्णाली प्रदेश सदस्य कृष्ण लामिछाने मगरले रु.७५०० ( सात हजार पाँच सय ) संकलन गरि जम्मा रु.११५००/ जम्मा हस्तान्तरण गरेको छ ।