MNO डा.गोपाल गुरुङ इटहरी नगर सभाको आफ्नै भवन सम्पन्न पछि उट्घाटन - MONGOL KHABAR

Breaking

MNO डा.गोपाल गुरुङ इटहरी नगर सभाको आफ्नै भवन सम्पन्न पछि उट्घाटन

सुनसरी । चैत्र ९, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन इटहरी नगर सभाले शनिबार आफ्नै सभा हलको उट्घाटन पछि, प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सभा सुनसरीका अध्यक्ष काजिराम राईको प्रमुख अतिथीमा भएको कार्यक्रममा नगर सभाको आफ्नै सभा हल निर्माण सम्पन्न पछि उत्घाटन कार्यक्रम गरेको थियो । सभा हल उट्घाटन पछि सोही नब निर्माण सम्पन्न सभा हलमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा स्थानिय मुलबासी मंगोलहरुको बाक्लो उपस्थिती रहेको थियो । सोही कार्यक्रममा सुनसरी जिल्ला सभाका सचिब जय आले मगर र इटहरी नगर सभाका अध्यक्ष अमृतबहादुर मगर लगायतका स्थानिय नेताकार्यकर्ता समेत उपस्थिति रहेको मंगोल खबरलाई जानकारी दिएको छ ।