नेकपा नवलपुरमा अध्यक्ष र सचिबमा क्रमश: रोशन गाहा र सुष्मा खनाल चयन - MONGOL KHABAR

Breaking

नेकपा नवलपुरमा अध्यक्ष र सचिबमा क्रमश: रोशन गाहा र सुष्मा खनाल चयन

बैशाख, ९ कावासोती । नेकपा नवलपुरको अध्यक्षमा रोशन गाहा मगर र सचिवमा सुष्मा खनाल चयन भएका छन् । गण्डकी प्रदेश सभा सदस्य समेत रहेका गाहा पूर्व एमालेका जिल्ला अध्यक्ष थिए । 
गाहा २०७४ को निर्वाचनमा नवलपुर क्षेत्र नंबर १ ख बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका महेन्द्र ध्वज जिसिलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका थिए ।

त्यस्तै सचिवमा पूर्व माओवादी बाट सुष्मा खनाल चयन भएकी छिन् । उनि पुर्व माओवादीकी जिल्ला सचिव नै थिईन् ।
आधारिक घोषणा हुन बाँकी नै छ । आठ वटा स्थानीय तह रहेको नवलपुरमा पूर्व एमालेलाई पाँच अध्यक्ष र पूर्व माओवादीलाई तीन अध्यक्ष दिने सहमति भएको छ ।


पूर्व एमालेले गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका , बुलिङटार गाँउपालिका, बौदीकाली गाँउपालिका, विनयी त्रिबेणी गाउँपालिकाको अध्यक्ष पाउने भएको छ भने पूर्व माओवादीले देवचुली नगरपालिका , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पाउने भएको उच्च स्रोतले जनाएको छ ।


गाउँपालिकाका वडाहरु पूर्व एमालेले ६७ प्रतिशत र पूर्व माओवादीले ३३ प्रतिशत पाउने सहमति भएको छ भने नगरपालिकाका वडाहरुमा पूर्व एमालेले ५७ प्रतिशत र पूर्व माओवादीले ४३ प्रतिशतको आधारमा सहमति भएको जनाईएको छ । 

स्थानीय तहको अध्यक्ष र सचिवको टुङ्गो बैशाख १५ गते भित्र टुङ्गाउन पूर्व एमाले र पूर्व माओवादीका नेता सहभागी कार्यदल बनेको छ ।