गुल्मीमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ बिस्तार - MONGOL KHABAR

Breaking

गुल्मीमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ बिस्तार

गुल्मी । चैत्र २३, मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ जिल्ला सभा गुल्मीको तमघाँसमा मंगोलवाद बारे एक दिने प्रशिक्षण सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रम पश्चात् नयाँ कार्यसमिती बिस्तार गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी लोक मोक्तानले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा स्थानिय मंगोलहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संघिय सभाका प्रबक्ता तुलवीर दर्लामी मंगोल र भिम मंगोलको पहलमा भएको हो । 

उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ संगठनका शक्तिशाली केन्द्रिय सचिब लोक मोक्तान, प्रखर केन्द्रिय सदस्य नरेन्द्र थुलुङ, जय सारु मंगोल र मंगोल युबा सभा पाल्पाका अध्यक्ष विमल राना मगरको उपस्थिति रहेको थियो