बाँकेमा १५ बर्षिय बालिका सामुहिक बलात्कार, पुर्ण जानकारीको लागि अबश्य पढ्नु होला - MONGOL KHABAR

Breaking

बाँकेमा १५ बर्षिय बालिका सामुहिक बलात्कार, पुर्ण जानकारीको लागि अबश्य पढ्नु होला

नेपालगञ्ज । बैशाख, बाँकेमा १५ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छिन । बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
बलात्कार गरेको अभियोगमा प्रहरीले १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकायलाई पक्राउ गरेको छ । किशोरीले दुवैको नाममा किटानी जाहेरी दिएकी छन् । कोहलपुर प्रहरीका डिएसपी रमेशबहादुर सिंहको टोलीले भाग्दै गरेको अवस्थामा दुवैलाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो २ बजेतिर घरमा एक्लै रहेकी किशोरीलाई तानेर जंगलमा लगेका थिए । जंगलमा लगेपछि शुरुमा विरुले बलात्कार गरे । अलिकति टाढा बसेका रामजीले मोबाइलमा भिडियो बनाए । विरुले बलात्कार गरिसकेपछि रामजी घटनास्थलमा पुगे ।
किशोरीलाई ‘यौनकाण्ड’ को भिडियो बनाएकाले आफूलाई पनि यौन सम्पर्क गर्न नदिए बाहिर ल्याइदिने धम्की दिए । त्यसपछि रामजीले पनि बलात्कार गरे । बंगुर फारममा काम गर्ने दुवै जना त्यस दिन मदिरा पिएर गएका थिए ।
मदिराको सुरमा रहेका उनीहरुले घरमा एक्लै रहेकी किशोरीलाई देखेपछि बलात्कार गर्न जंगल लगेका हुन् । अहिले उनिहरुलाई अनुशन्धानका लागि दुबै जनालाई हिरासतमा राखेको छ ।