चितवनमा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

चितवनमा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवन । बैशाख १७, मध्ये नेपालको चितवनमा निरन्तर रुपमा व्यापक मंगोलवाद प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ ।मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा चितवनको पहलमा हिजो मंगलबार चितवन जिल्ला रा.न.पा. वडा नम्बर ११को डुम्रेखाडिमा MNO Dr GG संगठनले एक दिने प्रशिक्षण कार्यक्रम गरेको हो । पछिल्लो समयमा चितवन जिल्लाको विभिन्न ठाँउमा संगठनले आफ्नो कार्यक्रमलाई तिब्र गति दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रशिक्षक के.स. नरेन्द्र थथुलुङले प्रशिक्षण प्रदान गर्दै भाबी दिनमा चितवन जिल्लालाई मंगोलमय बनाउने नीति संगठनको रहेकोले सबै मंगोल युबा र स्थानियलाई संगठनमा सहभागी हुन आह्वान समेत गर्नु भएको थियो ।

कार्यक्रममा स्थानियको उल्लेखनीय सहभागिता रहेको थियो । साथै संगठनका उच्च के.स.वीर बहादुर तामाङ र पुर्खाराम प्रजा,लाल बहादुर तामाङ पनि सहभागी हुनुभएको थियो ।