कांग्रेसमा पहिले मंगोल बर्चस्व पछि बाहुन बर्चस्व - जीवन मंगोल - MONGOL KHABAR

Breaking

कांग्रेसमा पहिले मंगोल बर्चस्व पछि बाहुन बर्चस्व - जीवन मंगोल

काठमाडौ । नेपाली काङ्रेसमा पहिले मंगोल बर्चस्व पछि बाहुन बर्चस्व १९४८, डिसेम्बर ३१ मा नेपालमा प्रजातन्त्र कांग्रेस पार्टी गठन गर्ने सिलसिलामा कलकत्तामा भएको जम्मा ६३ जनाको भेलामा मंगोल समुदायको नै वर्चस्व थियो । सो भेलामा नेवार २२, तामाङ ७, मगर ३, राई ४, मधेशी ३, दलित ३, गुरुङ १, लिम्बु १, अन्य १ बाँकी बाहुन ११, र क्षेत्री ७ जना थिए । १९५० अप्रिल २३ तारिखमा नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस (बिशेश्वर गुट) बिच एकीकरण भयो र दलको नाम नेपाली कांग्रेस रहन गयो । जसमा ४ जना बाहुन ४४ प्रतिशत, ३ जना क्षेत्री ३३.३३ प्रतिशत, १ जना नेवार ११.११ प्रतिशत र १ जना मधेशी ११.११ प्रतिशत थिए ।
००७ सालमा ज्यानको बाजी लाएर सामन्ति जहानिया राणा शासकहरुको शोषण दमन विरुद्ध मंगोल लगायतका मूलबासीहरु शसस्त्र क्रान्ति गरिरहेका थिए । त्यो क्रान्तिमा गठन भएका पूर्वाञ्चल तर्फको जम्मा ३२७ जना मुक्ति सेनामा त झन बाहुनको सहभागित न्यून देखिन्छ । जनमुक्ति सेनामा राई, ८६ जना, नेवार ३५ जना, मगर १६ जना, गुरुङ १४ जना, दलित ८ जना, खवास ५ जना लिम्बु ५३ जना, तामाङ ३६ जना, मधेशी ३ जना, अन्य ३ जना बाँकी बाहुन १६ जना र क्षेत्री ५२ जना थिए ।

आफूलाई सर्वश्रेष्ठ ठान्नेहरुले त्यतिवेला यतिको मंगोलहरुको वर्चस्व रहेपनि डा. भुदेव राईलाई कांग्रेस सभापति बन्न नदिन बिपी आफै लागेका थिए । यस कुराले यिनीहरुमा के पनि स्पष्ट हुन्छभने बाहिर क्रान्तिको कुरा गरे तापनि राणाहरुको बिरोध गरेजस्तो गरेको भए पनि अन्तिममा बाहुन वर्चस्व कायम गर्नु उद्देश्य देखियो । क्षत्री राजाको कर्तव्य गाई र बाहुनको रक्षा गर्ने र बाहुनको काम हिन्दु धर्म (धर्म होइन वाद हो) पालना गर्दै गराउँदै क्षत्री राजाको संरक्षण गर्ने हो भन्ने हिसावले मंगोलहरुलाई बलि चढाइयो बाहुन मार्दा ७ गाई मार्नु र एक बाहुन मार्नु बराबर हो भन्ने बहानामा मंगोलहरुलाई फासी चढाइयो ।

रामप्रसाद राई जस्तो बीर पराक्रमी योद्धा प्रजातान्त्रिक योद्धालाई बेपत्ता बनाइयो । सहानुभुतिका लागि नारदमुनी थुलुङलाई स्थानीय स्वयत्त शासन मन्त्री र गणेशमान सिंह श्रेष्ठहरुलाई उद्योग बाणिज्य मन्त्रीमा थन्काइयो । बाहुनहरुले पालै पालो प्रधानमन्त्री पड्काए । यो क्रम लोकतन्त्रमा पनि निरन्तर चलिआएको प्रचलन हो । राणाहरुको हातबाट शासन सत्ता कहिले श्री ५, कहिले श्री ६ मा सिमित छ । २०४६ साल सम्मको समयलाई हेर्ने हो भने ३० बर्षे पञ्चायतको अध्यारो रात थियो ।

त्यो समयमा कांग्रेस र कम्युनिष्टका अधिकांश नेताहरु मंगोल थिए । त्यहाँबाट पलायन गराउन कांग्रेस, एमाले वर्णभेदी सोच बोकेका बाह्ुन क्षेत्री दुवैले ठूलो प्रयास गरे । मूलबासी मंगोलहरुको पछिल्लो अवस्था २०४६ को परिवर्तन पश्चात निरन्तर बाहुनवादी राजनीति झन चुलिदै गएको छ । तर बिद्रोहको परम्परा स्खलित भएर गयो ।

जुन रुपमा पूर्वजहरुले गरे । लोकतन्त्र घोषणा पछि सत्ताधारी पार्टीका शीर्ष नेता बाहुन अनि एकाध क्षेत्री बाहेक अन्य समुदाय पलायन हुनुले प्रस्ट हुन्छ । राज्यसत्ता संग पौठेजोरी खेल्ने शैलिहरु अलि परिवर्तन पनि भए, कसैले बम पड्काए त कसैले विचार पडकाए । १० वर्षे जनयुद्धकोमा बिद्रोह गर्नेहरु  बहुसंख्यक मंगोल मूलबासी थिए । तराई र पहाडका अधिकांश मूलबासीहरुले निर्भिकतापूर्वक बाहुनलाई साथ दिएका थिए । “दोरम्बा हत्याकाण्ड मुक्तिका लागि बलिदान” नामक पुस्तकमा रामेछाप जिल्लामा शहिद हुनेहरुको सूचि प्रकाशित गरिएको छ ।

सो बिबरण बिश्लेषण गरेर हेर्दा शहिद हुनेहरुको तथ्याङ्क निम्न प्रकार रहेको पाइन्छ । जम्मा शहिद १८८ जना बाहुन र क्षेत्री गरी ४१ जना बाँकी मूलबासी मंगोलहरु ८५ को सामुहिक हत्या भएको थियो । धनकुटा जिल्लाको छिन्ताङ हत्याकाण्डका नायक सूर्यबहादुर थापाले राई लिम्बुहरुको नरसंहार गरे । सिन्धुपाल्चोकको पिस्कोर हत्याकाण्डमा २०४० माघ ९ गते पशुपति शमशेर राणा बिरोधी इली थामी र बीर बहादुर थामी लगायतलाई मारेर उजाड बनाएका थिए ।

भत्तपुर जिल्लाको नगरकोटमा ११ जना तामाङहरुलाई कालि मन्दिरमा सैनिक थापा क्षेत्रीले मारेर भोग दिएका थिए । खोटाङ जिल्लाका ७ जना राईहरुलाई सामुहिक हत्या गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी महानिरिक्षक कृष्ण मोहन श्रेष्ठ, श्रीमति र अंगरक्षक सहितलाई २०४९ माघ १२ गते हिन्दु आर्य बाहुनवादी सरकारले हत्या गरे । जनयुद्धको नाममा हजारौंले बलिदान दिए ।

पछिल्लो समय पहाडका मूलबासीहरुमा विद्रोहको कुनै आभास छैन । बरु त्यो तराई केन्द्रीत दल र जनतामा प्रवलरुपमा शक्तिशाली बन्दै गएको देखिन्छ । यसले के संकेत गर्दछ भने पछिल्लो पुस्ताले पुरानो पुस्ताको पदचापलाई पछ्याउँन छाडेर कतै पलायनवादी, आत्मसमर्पणवादी भएको होकि भान हुन्छ । कुनै विद्रोहको आभास छैन ।