प्रधानमन्त्री केपि ओलि र गण्डकी प्रदेशका मुख्यमन्त्री बैशाख ३ गते नवलपुर आउदै - MONGOL KHABAR

Breaking

प्रधानमन्त्री केपि ओलि र गण्डकी प्रदेशका मुख्यमन्त्री बैशाख ३ गते नवलपुर आउदै

चैत २१ कावासोती । प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतका शिर्ष नेताहरु बैशाख ३ गते नवलपुर आउनेहुनु भएको छ । 
बुधबार नवलपुरमा भएको एक कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एंव नेकपाका केन्द्रिय सदस्य तिलक महतले जिल्ला सदरमुकाम कावासोती वडा नंबर ३ मा रहेको जग्गामा सरकारी कार्यालय व्यबस्थापनका लागि शिलन्यास गर्न उहाहरु आउन लाग्नुभएको जानकारी दिनुभयो । 
सो कार्यक्रममा उपस्थिती जनाउन पनि उहाले सबैलाई आग्रह गर्नुभएको छ । अहिले यत्र तत्र छरिएर रहेका सरकारी कार्यालयबाट सेवा लिन आम सर्वसाधारणलाई असहज भएकाले अब एउटै कम्पाउण्डबाट सबै सरकारी सेवा प्रवाह गरिने उहाको भनाई छ ।
प्रधानमन्त्री ओलीको प्रमुख आतित्थ्यतामा हुने शिलन्यास कार्यक्रमलाई व्यवस्थित र व्यापक जनसहभागिताका साथ सम्पन्न गराउन प्रतिनिधि सभा सदस्य महत, जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुनसहितको सहभागितामा छलफलसमेत भएको छ ।