काठमाडौ । चैत्र २२, सप्तरी जिल्लाको कंचनपुरमा भुमिहिन भएका गरिब जनताहरुलाई बस्ती बसाल्न खोज्दा पक्राउ परेका समाजसेबी तथा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका शक्तिशाली नेता केन्द्रिय अनुशासन प्रमुख शक्ति चाम्लिङ राई रिहा हुनुभएको छ ।
वहाँ लगायत ११ जना लाई प्रहरीले १० दिन अघि नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको चर्को दबाब पछि वहाँलाई रिहा गर्न सरकार बाध्य भएको हो ।
रिहाई पश्चात् वहाँलाई सम्मान गर्न संगठनका संघीय संयोजक बिरलाल वालाहाङ राई संघिय युवा संयोजक अमित याक्खा राई लगायत संघीय, प्रदेश, जिल्लाका सयौं नेताकार्यकर्ता सहभागी भैई खादा लगाएर सम्मान गरेका थिए ।