विज्ञानको भाषामा सत्य लुकेको हुन्छ त्यो बुझ्नको लागि गणित र लय तथा कार्यमा निर्भरता हुन्छ - MONGOL KHABAR

Breaking

विज्ञानको भाषामा सत्य लुकेको हुन्छ त्यो बुझ्नको लागि गणित र लय तथा कार्यमा निर्भरता हुन्छ

बैशाख । नेपाली समाजमा पोप र पाण्डाको भाषामा त्रास र आश हुन्छ, मीठो सपना र कल्पना हुन्छ सजिलै विश्वास गराइन्छ । तर विज्ञानको भाषामा सत्य लुकेको हुन्छ त्यो बुझ्नको लागि गणित र लय तथा कार्य र कारणको पछि लाग्नु पर्दछ ।

हामीले सत्य देखि रहेका छौं, सुनीरहेका छौं । हाम्रा इन्द्रियहरु मार्फत अनुभव गरी रहेकाछौं । परन्तु तिनलाई आत्मसात् गर्न, प्रकृतिको भाषा बुझ्न तुरुन्त सक्तैनौं । जस्तैः– गह्रुंगो वस्तु र हलुको वस्तु  माथिबाट (मानौं कि धरहरबाट) एकै पटक तल  खसाल्दा गह्रुंगो वस्तु पहिले जमिनमा खस्छ र त्यस पछि हलुको वस्तु केही समय पछि खस्छ भन्छौं ।


यो हामीले पनि देखेको वा अनुभव गरेको सामान्य मान्यता हो । यो वास्तवमा अर्धसत्य कुरा हो, पूर्णसत्य होइन । यस भित्र लुकेको (अव्यक्त) सत्य तथा यथार्थता बुझ्न जिज्ञासा जगाउनु पर्दछ । प्रकृतिको भाषा जान्नु पर्दछ, जो अवलोकन, परिक्षण, नाप–तौल जस्ता प्रतक्ष गराइ, भोगाइबाट सिद्घ हुन आउँछ ।
प्रकृतिको भाषा गणितमय हुन्छ, कार्य र कारणमा आधारित हुन्छ ।

यो कुरा सर्व प्रथम ग्यालिलियो ग्यालिलीले इटालीको पीसा शहर स्थित “झुकेको धरहरा” (Leanning tower) माथिबाट गह्रुंगो र हलुको वस्तु एकैसाथ खसालेर एकै समयमा भुईँमा बज्रन पुगेको प्रतक्ष गराइ दिए ।

उनले नै सूर्यलाई पृथ्वीले घुम्छ भनेर प्रमाणित गरि दिए, परन्तु पोपहरुले २००० हजार वर्ष पहिले देखि मानि आएको उपर्युक्त व्यवहार सिद्घान्त विपरीत मान्न तयार भएन अर्थात गह्रुंगो वस्तु पहिले भुईंमा झर्छ, सूर्यले पृथ्वी घुम्छ भन्ने मान्यता तत्कालिन चर्च तथा जनमानसमा थियो र उनलाई रोमको धार्मिक अदालतले आफ्नो मान्यता विरुद्घ बोलेको भनेर सजायं समेत गरियो । उन्लाई सजायं गरेको ३६० वर्ष पछि आएर आफ्नो गल्ती भएको भनेर चर्चले स्विकार्यो ।

ठिक यही र यस्तै अर्थात विज्ञान सम्मत कुरा नमान्ने बनारसका पाण्डाहरुले पनि शास्त्रलाई यही अनुरुप राखेका छन् ।