MNO ले खस आर्य, आदिवासी जनजाति, दलित स्विकार्नु र मगर समुदायलाई खस आर्य बनाएर ८०% मुलबासी माथी घाट गरेको गुनासो - MONGOL KHABAR

Breaking

MNO ले खस आर्य, आदिवासी जनजाति, दलित स्विकार्नु र मगर समुदायलाई खस आर्य बनाएर ८०% मुलबासी माथी घाट गरेको गुनासो

बैशाख । शुक्रबार, ६
आदरणीय केन्द्रिय सभा जिल्ला सभा र प्रवास सभा लगायत बिश्वको कुना कन्दरामा रहनु हुने अनलाइन संचालक शुभचिन्तक आमा बुबा दिदिबहिनी दाजुभाइहरुमा सर्बप्रथम मेरो तर्फबाट जय मंगोलको क्रान्तिकारी अभिबादन !
मंगोल नेशनल अर्गनाइजेशनले गत चुनाब  (२) चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा भाग लिएको सत्य छ । जुन निर्बाचन आयोगले खस आर्यलाइ समाबेसी आरक्षण  कोटा दिनुपर्ने बाध्यकारी नियम बनाएको र मंगोल नेशनल अर्गनाइजेशनले पनि खस आर्य आदिवासी जनजाति स्बिकार्दै निर्बाचनमा भाग लिएको कुरा सत्य हो ।

जुन निर्बाचन आयोगमा प्रष्ट प्रमाण छ । तर संगठनले स्विकार्य हुने छैन भनीरहेको थियो । तर mno कार्यबाहक प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले भन्नू भएको थियो म सबै समिक्षाबाट समाधान गर्छु । यो सम्पुर्ण जिम्मेवार म लिन्छु हैन भने म मेरो गर्दन थाप्न तयार छु । तपाई चुप बस्नु दिनेश ज्यु सक्नु हुन्छ भने मलाई सहयोग गर्नुस भनेर भन्नू भएको थियो । सबै देश बिदेशमा रहेको ८०% अहिन्दु मुलबासी मंगोलहरुले समिक्षा बैठक पर्खेर सहयोग गरेका थियो । तर ०७४ माघ १०- ११ को समिक्षा बैठकले समिक्षा नगरी केन्द्रिय सभा नै विघटन गरेर राष्ट्रिय महाधिवेशन बोलायो ।

जुन अबैधानिक थियो । समिक्षा बैठकले कुनै पनि समिक्षा नगरीनु सम्पुर्ण जनमास मतदाता तन मन धन ले सहयोग गर्नुहुने सहयोगिहरुको भाबनालाइ कदर नगरीनु । निर्बाचनमा  खस आर्यन बिदेशी बाहुन क्षेत्रि आदिवासी जनजाति स्बिकार्नु परेको दलित स्विकार्नु परेको गोपाल दाईको सिदान्तमा हुदै नभएको कुराहरु स्विकार्नु परेको यि कुरा हरु तित्तो सत्य छ ।

मंगोल समुदायको मगरहरुलाइ थर मिलेकै भरमा खस आर्य स्बिकार्नु लगाउनु र हामीले खस आर्य स्बिकार्दैनौ भन्दा लोकतान्त्रिमा खस आर्य नस्बिकार्नेहरु आतंककारी सज्ञा दिनु जग्गा धनी पुर्जा नागरिता त्याग टुडिखेलमा गाइ काटेर खाउ जस्तै निच अभिव्यक्ति दिनु र विघटन केन्द्रिय सभाद्वारा प्रवास सभाहरु माथि अत्याचार गरिनु डा.गोपाल गुरुङको सिधान्त बिपरित रहेको प्रष्ट देखिएको छ ।

प्रत्येक कार्यकर्ताको सल्लाह सुझाबले डा.गोपाल गुरुङको सिद्धान्तलाई बचाउनलाई मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ सगठन निर्माण गर्न बाध्यता भएको हो । यहि संगठनले नै ८०% अहिन्दु मुलबासी मंगोलको अस्तित्व, मंगोल भुमीको रक्षा र बाहुनबादी शासक द्वारा गरिएको दमन र बिभेदको अन्त्य गर्नेछ ।             

mongol Nationl Organization Dr.Gopal Gurung

युग पुरुष डा.गोपाल गुरुङ अ्मर रहुन !
अहिन्दु मुलबासी मंगोल एकजुट हौ !