दलित बृद्धालाई आक्रमण गरेको आरोपमा मोरङ जिल्ला अदालतले आमा छोरीलाई जेल चलान - MONGOL KHABAR

Breaking

दलित बृद्धालाई आक्रमण गरेको आरोपमा मोरङ जिल्ला अदालतले आमा छोरीलाई जेल चलान



बिराटनगर । दलित बृद्धालाई आक्रमण गरेको आरोपमा मोरङ जिल्ला अदालतले आमा छोरीलाई जेल चलान गरेको छ । 
मोरङ लेटाङ नगरपालिका ३ भोगटेनीकी ७१ बर्षिया बृद्धा विभा रसाँइलीलाई घरमै पसेर सांघातिक आक्रमण गर्ने सोही ठाँउका आमाछोरी तारा र रेनुका श्रेष्ठलाई मोरङ जिल्ला अदालतले सोमबार जेल चलान गरेको हो ।

इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरि कुटपिट अंगभंग र जातिय बिभेद कसुर आरोपमा दर्ता गराएको उक्त मुद्दामा जिल्ला अदालत मोरङका न्यायधिश कृष्णमुरारी शिवाकोटीले बृद्धालाई जातिय गाली गलौज गर्दै कुटपिट गरेको आरोपमा पुर्पक्षकालागि मोरङ कारागार चलान गरेको हो ।
 
आमा छोरीले पाँच बर्षको बालकलाई खेल्ने क्रममा गाली गरेको निहुँ झिकेर श्रेष्ठ आमाछोरीले २० चैत २०७५ साँझ छिमेकी ७१ बर्षिया बृद्धा बिभा रसाइलीलाईलाई घरमै गएर जातिय गालीगलौज गर्दै आक्रमण गरेका थिए । आक्रमणबाट बृद्धाको नौवटा करङमा चोट लागेको थियो । 

दलित बृद्धालाई कानूनी न्याय दिलाउन प्रहरीसँगै दलित अधिकारकर्मीहरु पनि सक्रृयता पूर्वक लागेका थिए । जातिय बिभेद कसुर ठहरेमा २५ हजार जरीवना र एक लाख रुपैया क्षतिपुर्ती सहित तीन बर्षसम्म सजाय हुनसक्छ । यसैगरि कुटपिट तथा अङ्गभङ्ग अपराधमा क्षतिपुर्ती सहित बढीमा १० बर्षसम्म सजाय हुनसक्छ ।