रुपन्देहीमा भिम मंगोलको संयोजकमा ९ जना तदर्थ सभा गठन - MONGOL KHABAR

Breaking

रुपन्देहीमा भिम मंगोलको संयोजकमा ९ जना तदर्थ सभा गठन

रुपन्देही । बैशाख २८ शनिबार, रुपन्देहीको बुटवलमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको एक दिने प्रशिक्षण पश्चात् जिल्ला तदर्थ सभा गठन भएको छ । संघिय सभाका कोषाध्यक्ष दिनेश बान्तवाको प्रमुख अतिथ्य र प्रशिक्षणमा कार्यक्रम भएको हो ।
त्यसैगरी कार्यक्रमले भिम मंगोलको संयोजकमा ९ जना जिल्ला तदर्थ सभा रुपन्देही गठन गरेको छ । जसमा संयोजक भिम मंगोल, सचिबमा झबिन्द्र रेश्मी मगर, सहसचिवमा उदय सुनार, कोषाध्यक्षमा मित्र आले मगर सदस्यहरुमा क्रमश: दिलबहादुर गाहा मगर, ज्ञानबहादुर राना, तुलबहादुर सिंजाली, इन्द्र सुनार र सुभाष बिश्वकर्मा रहेको छ । निर्बाचित तदर्थ सभाका सबै पधाकारीलाई बधाई समेत संघिय सभाका तर्फबाट प्रमुख अतिथी बान्तवाले दिनुभएको थियो ।
प्रशिक्षक बान्तवाले प्रशिक्षणको क्रममा मुलबासी मंगोलले खस आर्य संग मर्दा पर्दा, पालो पैचो सबै सहकार्य गर्छ तर अस्तित्व बेचेर राजनैतिक सहकार्य गर्न नहुने बताउनु भएको थियो । वहाँले प्रशिक्षण कै क्रममा मुलबासी मंगोललाई एक पटक डा.गोपाल गुरुङको सिद्धान्तलाई पढेर बुझेर मंगोल अस्तित्वको लागि संगठित हुन आह्वान समेत गर्नु भएको थियो । संघिय प्रबक्ता तथा बिदेश बिभाग प्रमुख तुलवीर दर्लामीले छोटो मन्तब्यको क्रममा मुलबासी मंगोल अस्तित्वको लागि एक्लै भए पनि लडिरहने बताउनु भएको थियो । कार्यक्रममा संघिय सभाका सदस्यहरु जगत ठाडा मंगोल, पुर्खाराम प्रजा, गोबिन्द राना, कृष्ण दर्लामी, शंकर सुनामको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी मंगोल विद्यार्थी युनिय रुपन्देही जिल्ला सभाका अध्यक्ष  दिपक मंगोलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज) रुपन्देहीका अध्यक्ष सोनु थापा र पत्रकार प्रबिण गाहा मगर सम्म उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रम बुटवलको अमरपाली होटेलको सभा हलमा भएको थियो ।