गैडाकोट नगरपालिका ३ ढोडेनीमा आगो लागि एक घर नष्ट - MONGOL KHABAR

Breaking

गैडाकोट नगरपालिका ३ ढोडेनीमा आगो लागि एक घर नष्ट

झबिन्द्र मगर
नवलपुर । बैशाख, नवलपुरको गैडाकोट नगरपालिका वडा न ३ ढोडेनीमा हिजो लागेको भिषण आगोका कारण एक घर जलेर नष्ट भएको छ, भने अर्को घरमा थप क्षेति पुगेको छ ।
हावाहुरीका कारण जंगलमा लागिरहेको आगो घरमा सल्केको थियो । एक्कासी घरमा आगो लाग्न थाले पछि स्थानियाहरुले आगो निभाउन प्रयास गरेता पनि उक्त आगो निभाउन नसक्दा घर संगै गोठमा रहेको बाख्राहरु पनि जलेर नष्ट भएको छ ।
२०७२ सालमा आएको महाभुकम्पले छिया छिया बनाएको उक्त घर हिजो भिषण आगो लागीका कारण जलेर नष्ट भएको हो । स्थानिय र नेपाल प्रहरी मिलेर आगो निभाउन प्रयास गरे पनि घर जलेर नष्ट भएको छ । आगो लागीमा भने कुनै पनि मानविय क्षेति नभएको इलाका प्रहरी गैंडाकोटले मंगोल खबरलाई जानकारी दिएको छ ।