सफल गायक तथा संचारकर्मि राजु श्रेष्ठले ''बिग्रियो देश" बोलको नयाँ गित बजारमा ल्याएको छ - MONGOL KHABAR

Breaking

सफल गायक तथा संचारकर्मि राजु श्रेष्ठले ''बिग्रियो देश" बोलको नयाँ गित बजारमा ल्याएको छ

झबिन्द्र मगर
नवलपुर । पछिल्लो समयमा नेपाली लोक सङगितमा छुट्टै पहिचान बनाउन सफल, एक नक्षेत्रका रुपमा उदयमान सफल गायक तथा संचारकर्मि राजु श्रेष्ठले ''बिग्रियो देश"  बोलको नयाँ गित बजारमा ल्याएका छन ।
उक्त गितमा देशको समसामयिक बिषयबस्तुलाई उठान गरिएको छ । योग्यता पुग्दा पनि जागिर खान नपाइने पहुचको आधारमा जागिरे बन्ने जस्ता बिषयलाई गीतमा उठान गरिएको छ । गीतमा राजु श्रेष्ठको अलवा गोबिन्द विसी, अर्जुन पुलामी मगर, हिमकुमार थापा मगर, रोशन राना, पदम पुलामी मगर, नजर सुवेदी, तुलसी घर्ती, करुणा रिजालको  सुमधुर स्वर रहेको छ ।
गोविन्द विसी कै शब्द र सङ्गीत रहेको यस गितको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन भने उक्त भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन । भिडियोमा राजु श्रेष्ठ, करुणा रिजाल, कुष्ण कुवार, रमेश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।