काठमाडौं । काठमाडौको बसुन्धरास्थित होटल व्यवसायी सुमित मैलालीको घरमा कामदारको ‘शंकास्पद’ मृत्यु भएको छ । करिब चार वर्षदेखि मैनालीको घरमा घरेलु कामदारको रुपमा रहेको दोलखा भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीकी २० वर्षीया सुनिता थामीको घरको ट्यांकीमुनि झुण्डिएको अवस्थामा शव फेला परेको थियो । मृतक सुनिताको परिवारले भने हत्या गरी झुण्याइएको आरोप लगाएका छन् ।
होटल व्यवशायी मैनालीले चार वर्षसम्म न्यून पारिश्रमिकमा काम लगाउँदै आएको भन्दै परिवारलाई समेत भेट्न नदिई बन्धक बनाएको आरोप समेत लगाएका छन् । उनका आफन्त विकेस थामीले फेसबुक स्टाटसमै लेखेका छन्– त्यहाँ हामी पुग्यौं । प्रहरीले मुचुल्का तयार गरिसकेको थियो भने मृत लास पनि २–४ मिटर पर सारिएको थियो, झुण्डिएको ट्यांकी भनिएको ठाउँ रगताम्य थिए कुनै पनि मिडियालाई प्रवेश दिएको थिएन ।
सुनिताको ‘शंकास्पद’ मृत्यु भएको भन्दै आफन्तहरु मैनाली निवासमा पुगेका थिए । छानविन नगरी लास नउठाउन आफन्तहरुले भनेपछि प्रहरीले बल प्रयोग गरेको थियो । ‘लाठी चार्ज गरेर रातारात जबर्जस्ती टिचिङ पु¥याए’ विकेश थामीले भने– ‘घटनाको निष्पक्ष छानविन हुनुपर्छ, दोाीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।’

महानगरीय प्रहरी वृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाइले उनको शव झुण्डिएको अवस्थामा फेला परेको बताए । ‘सुनिताको शव झुण्डिएको अवस्थामा फेला परेको थियो पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको छ तर आफन्तले जाहेरी नदिएका कारण अस्पतालमा पोष्टमार्टम हुन सकेको छैन’, डिएसपी प्रसाइले भने ।
छिमेकी र मृतक कि आफन्तले भने जघन्य आपराधिक तरिकाले चरम यातना र बलात्कार गरेर मृत्यु भैसकेको लासलार्इ ट्यांकीमुनि लगेर राखेर आत्महत्या भनेर देखाउन खोजिएको आरोप लगाएका छन । उनी झुण्डिएको ट्यांकी भनिएको ठाउँ रगताम्य भएकाले पनि शंकास्पद रहेको बताउँदै आएका छन् ।
यस विषयमा बुझ्न खोज्दा व्यवसायी मैनाली सम्पर्कमा आएनन् ।