आज सुर्खेतको छिन्चुमा कर्णाली प्रदेश प्रमुख भिम मंगोलद्वारा प्रशिक्षण हुदै - MONGOL KHABAR

Breaking

आज सुर्खेतको छिन्चुमा कर्णाली प्रदेश प्रमुख भिम मंगोलद्वारा प्रशिक्षण हुदै

सुर्खेत । जेष्ठ १५, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा सुर्खेतको पहलमा आज सुर्खेतको पुर्बी भाग छिन्चुमा मुलबासी मंगोल जागरण तथा प्रशिक्षण कार्यक्रम हुन गइरहेको जिल्ला सदस्य देब बहादुर पुन मगरले मंगोल खबरलाई जानकारी गराउनुभएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख भिम मंगोलले प्रशिक्षण प्रदान गर्ने एक नेताले बताएका छन । साथै उक्त स्थान वरपर सवैलाई मंगोलवाद दर्शन बुझ्न सहभागी भै प्रशिक्षण लिन समेत जिल्ला सभा सुर्खेत ले आग्रह गरेको छ ।

पछिल्लो समय कर्णाली प्रदेशको सुर्खेत लगायतका जिल्लाहरुमा मंगोलवाद प्रशिक्षण तिब्र गतिमा फैलाउदैछ ।