पाल्पा । बैशाख २० शुक्रवार , नेपाल मगर सास्कृतिक संघकाे आयाेजनामा पाल्पा तानसेनमा सास्कृतिक कार्यक्रम हुने भएकाे छ ।
भोलि शनिवार २१ गते तानसेन नगरपालिकाको सभा हलमा हुने कार्यक्रममा स्थानिय लाेक नृत्य प्रतियाेगिता साथै राष्ट्रिय एवम स्थानिय कलाकारकाे प्रस्तुती रहने आयोजक नेपाल मगर सास्कृतिक संघ पाल्पाले मंगोल खबरलाई जानकारी दिएकाे छ ।
कार्यक्रम विहान ११ वजेदेखी सुरु हुने जनाइएको छ । कार्यक्रममा मयुर तथा याक नृत्यकार कविराज मगर हास्य कलाकार नीर आले मगर साथै चर्चित माेडल रिना थापा मगरकाे प्रस्तुती रहने आयाेजकले जनाएकाे छ । साथै नेपाल मगर सास्कृतिक संघ पाल्पाकाे दाेस्राे अधिवेशन पनि हुने आयोजकले जानकारी गराउनु भएको छ ।
