चितवनको राप्ती नगरपालिका पुरै मंगोलमय बन्दै - MONGOL KHABAR

Breaking

चितवनको राप्ती नगरपालिका पुरै मंगोलमय बन्दै

चितवन । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा चितवनको आयोजनामा राप्ती नगरपालिका वडा नम्बर १२ स्थित कोराक दोभानमा एक दिने मंगोलवाद  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साथै प्रशिक्षण पश्चात् सुरोज चेपाङको संयोजकमा ९ जना राप्ती नगरपालिका वडा नम्बर १३ युबा सभा गठन गरिएको छ । सचिबमा, इमान सिं प्रजा, सहसचिब सुकलाल चेपाङ, कोषाध्यक्षमा, सन्तलाल चेपाङ, सदस्यहरुमा क्रमश: कृष्ण प्रजा, प्रकाश चेपाङ, हेमन्त चेपाङ, बिरलाल प्रजा र सल्लाहकारमा बिष्णु राज चेपाङ रहेको छ ।

कार्यक्रम संचालन केन्द्रिय सदस्य बिरबहादुर तामाङले गर्नु भएको थियो । केन्द्रिय सदस्य पुर्खाराम प्रजाको स्वागत मन्तव्य पश्चात् केन्द्रिय सदस्य जगत ठाडा मगरले करिब डेड घन्टा लामो मंगोलवाद प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम लालबहादुर तामाङको सभापतित्वमा भएको थियो ।