बालिकालाई अनैतिक काममा लगाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ - MONGOL KHABAR

Breaking

बालिकालाई अनैतिक काममा लगाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ

रुपन्देही । जेष्ठ, होटल सफा गर्न काम लगाइदिन्छु भनेर बालिकालाई अनैतिक काममा लगाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ परेका छन् ।  प्रहरीले कालिकानगरमा रहेको राप्तीमिनु रेष्टुरेन्टका सञ्चालक बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मिनाकुमारी बस्नेतलाई पक्राउ गरेको हो ।
कपिलवस्तु घर भएकी १५ वर्षीया बालिका उनीहरुको होटलमा चार महिनादेखि काम गर्दै आएकी थिइन् । बालिकालाई सुरुमा सफा गर्न भनेर होटलमा राखिएको थियो । तर, उनलाई अनैतिक काम लगाएको र होटल छोड्न नदिएको बयान बालिकाले प्रहरीसँग दिएकी छन् ।
आफ्नो इच्छा विपरित अनैतिक काममा लगाएपछि विभिन्न बहानाबाजी गर्दै आफन्तसँग भारत जाँदै गर्दा बालिकालाई सुनौली नाकाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो । आफन्त नेपालका सदस्यसँग बालिकाले होटलमा पीडा भएपछि भारत जान लागेको बताएकी थिइन् । 
त्यस लगत्तै अनुसन्धानका लागि प्रहरीले होटल सञ्चालक दम्पत्तीलाई नियन्त्रणमा लिएको हो । दम्पत्तीविरुद्ध प्रहरीले मानव बेचविखन तथा संगठित अपराध मुद्दामा कारबाही अघि बढाउने तयारी गरेको डीएसपी डिलबहादुर मल्लले जानकारी दिए ।