पुर्बी पाल्पाको निस्दी गाउँपालिका मित्यालका किसानलाई मौरीको गोला सहित, आधुनिक मौरी घार बितरण - MONGOL KHABAR

Breaking

पुर्बी पाल्पाको निस्दी गाउँपालिका मित्यालका किसानलाई मौरीको गोला सहित, आधुनिक मौरी घार बितरण

जगत ठाडा मगर
पाल्पा । जेष्ठ, निस्दी गाउँपालिका मित्यालका कृषकहरुलाई माहुरीको गोला सहितको मौरी घार वितरण गरिएकाे छ । गाेलासहित माैरीकाे घार पाए पछि त्यहाँका माैरीपालक किसानहरु खुसी भएका छन् ।
निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रमबाट कृषि शाखाले ५० प्रतिशत अनुदानमा निस्दीका ४१ जना कृषकहरुलाई गोला सहितको आधुनिक मौरी घार वितरण गरेको हाे ।

शाखा संयोजक नवराज घिमिरेले त्यहाँका किसानलाई व्यावसायिक माैरीपालक किसान बनाउन घार वितरण गरेकाे बताउनुभयो । मित्यालमा एक कार्यक्रमका बीच ४ नम्बर वडा सदस्य मन प्रसाद सोतीमगरले यहाँका १० जना कृषकहरुलाई मौरी घार वितरण गर्नुभएको थियो ।

मौरी घार निस्दी गाउँपालिका भरी १ देखि ७ वडाका ४० जना कृषकहरुलाई वितरण गरेको कृषि प्राविधिक खिमराज कोइरालाले बताउनु भयो। यस भेगका किसानले अहिलेसम्म घरकाे बार्दलीमा २,४ वटा माैरीकाे घार राखेर माैरीपालन गर्दै आएका थिए । अब भने व्यावसायिक रुपमा मौरी पालन गर्ने किसानहरु बताउछन ।