सुस्ता गाउँपालिकाको कार्यालयको गेट अगाडि बेच्छन झिंगा भन्केको मासु स्थानिय सरकार बेखबर - MONGOL KHABAR

Breaking

सुस्ता गाउँपालिकाको कार्यालयको गेट अगाडि बेच्छन झिंगा भन्केको मासु स्थानिय सरकार बेखबर

नवलपरासी जेठ ९
गाउँउपालिका कार्यालय, कार्यालको मुल गेट नजीकैको खुल्ला सानो चौर जहां हाटबजार लागिरहेको छ । हाटबजारको एउटा रुखको हांगामा काटेको खसीलाई झुण्डाईएको छ । खसीको मासुमा झिंगा भन्किरहेका छन् । ब्यापारीले उपभोक्ताहरुलाई त्यहि मासु काटेर बेचिरहेका छन् । यो दृष्य हो सुस्ता गाउपालिका वडा नम्बर २ कुडियामा लाग्ने हाटबजारको ।
सुस्ताका उपभोक्ताहरुले बर्षौ देखि अस्वस्थकर मासु प्रयोग गर्दै आईरहेका छन् । मासु पसल संचालन गर्न आवश्यक न्यूनतम मापदण्ड सरसफाईलाई समेत वेवास्ता गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै भैरहदा नियमनकारी निकाय भने मौन रहेको छ ।

गाउपालिका अध्यक्ष, उपाध्यक्ष लगायत सवै जनप्रतिनिधि गाउपालिका जांदा र आउदा हरेक सोमबार र शुक्रबार त्यो दृष्य देखेकै हुन्छन् तर त्यसलाई नियन्त्रण गर्न र रोक लगाउनका लागि अहिले सम्म कुनै पहल नगरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । स्थानिय सरकारको हैसियतले नियमनको जिममेवारी गाउपालिकाकै हुनु पर्ने भए पनि अहिले सम्म त्यसो हुन नसेको स्थानियहरुको भनाई छ । 

सडकको छेउमै रहेको हाटबजार धुलो धुंवा अनी झिंगा भन्कीरहेको मासु उपभोक्रालाई विक्रि गरीरहदा नियमनकारी निकाय भने मौन रहेको छ । उपभोक्ता अधिकारका कुरा गरेर नथाक्नेहरुको ध्यान पुग्न सकेको छैन । उपभोक्ताहरु पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी खुल्ला रुपमा विक्रि गरेको अस्वस्थकर मासु किनेर खाने गरेका छन् । 

गर्मिको समयमा किटाणुहरुले छिटो आक्रमण गर्ने हुनाले मासु काट्ने ठाउ सफा र स्वस्थ मासु नभएमा लिभरमा असर गर्ने र शरिको सबै अंगमा असर पार्ने चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नुरुल होदाले बताउनुहुन्छ । डाक्टर होदाका अनुसार अस्वस्थकर मासुको उपभोगले बान्ता हुने झाडा पखाला लाग्ने जस्तो समस्या देखिने र किड्नीनै खराब हुने सम्मको खतरा हुन्छ । 

मानविय स्वास्थ्यमा यति गम्भिर खेलवाड भैरहदा यसको नियन्त्रणका लागि कुनै पहल नहुनु र यस्ता खालका मासु पसलेलाई कारबाहिको दायरामा नल्याईनुले यस्ता गतिविधिहरुलाई थप प्रसय मिलेको उपभोक्ताहरुको भनाई छ । सुस्ता गाउपालिकामा संचालनमा रहेका मासु पसलहरु फोहोर भएको र अस्वस्थकर मासु विक्रि गरी उपभोक्ताको स्वास्थ्यमा गम्भिर लापरबाहि भैरहेको समाचार पटक पटक संचार माध्यमा आए पनि अनुगमनकारी र नियमनकारी निकायले अहिले सम्म ति पसल संचालक र हाटबजारमा खुल्लेआम अस्वस्थकर मासु बेच्ने ब्यापारीहरुलाई कुनै कारवाहि प्रकृया अगाढि बढाएको छैन ।