सके सहयोग नसके सबैले शेयर गरौ, छ बर्षे बालकलाई टुहुरो हुनबाट बचाऔँ, आमा गोमा पाण्डेलाई सहयोग गरौं - MONGOL KHABAR

Breaking

सके सहयोग नसके सबैले शेयर गरौ, छ बर्षे बालकलाई टुहुरो हुनबाट बचाऔँ, आमा गोमा पाण्डेलाई सहयोग गरौं

नवलपुर । बैशाख, कावासोती स्थायी घर भएकी ३२ बर्षिया गोमा पाण्डेलाई आफ्नो भन्दा नि आफ्ना काखको ६ बर्षे बाललको धेरै चिन्ता छ “यदि म निको भइन भने छोरा टुहुरो हुन्छ”छ बर्षे बालक आमा आउने बाटो हेरेर बसेका छन ।
भर्खर १ कक्षामा अध्यन गर्दै गरेका योगेश पाण्डेलाई आमाको काख नछुटाउनको लागी हजुरहरुको सहयोग आवश्य छ । दुवै मृगौला फेल भएर जन्म मृत्युको दोधारमा रहेकी गोमालाई यतिबेला त्यति मात्र होइन आफुलाई उपचारमा लाग्ने ५० लाख भन्दा धेरै कसरी जुटाउने होला भन्ने चिन्ताले निद्रानै परेको छैन त्यस माथी आफ्नो बेथाको पिडा छँदै छ । मानिसको जीवनमा कतिवेला के हुन्छ भन्ने केहि पत्तै हुँदैन । 

माघ महिना सम्म ठिकै रहेकी गोमा सामान्य विरामी भइ अस्पताल जचाँउन जाँदा थाहा भो उनका दुवै मृगौलाले काम गर्न छाडेका छन । उनी छाँगाबाट खसे जस्तै भइन । सामान्य परिवारकी उनलाई नेपालमा उपचार सम्भव नभए पछि डाक्डरहरुले भारत लान भनेका छन तर उहाँ उपचार गर्न लाग्ने खर्चको अभावमा उनी अहिले काठमाण्डौमा बसिरहेकी छन । यहाँको बसाई र यहाँको खर्च समेत थामिसक्नु छैन ।

हप्तामा दुई पटक डायलाइसिय गर्न र अहिले सम्म उपचार गर्दा सबै पैसा सकियो । अब उनको सानो छोरालाई टुहुरो हुनबाट बचाउने जिम्मा तपाई हाम्रो हातमा छ । उनी अहिले काठमाण्डौमा बसिरहेकी छन भने उपचार गर्न सबैले सहयोग गर्न अपिल गरेकी छन । उनका श्रीमा गणेश प्रसाद पाण्डेले उपचारमा आर्थिक अभाव भएको बताउनु भयो । आफुले सक्दो गरिरहेको बताउदै बाँकी उपचारको लागी भारत लैजानु पर्ने भएको हुँदा उहाँको ज्यान बनाउन सबैले सहयोग गर्न अपिल गर्नु भयो ।

यदि सानो बाबुको आमालाई बचाउन चाहानु हुन्छ र हजुरहरु पनि देश विदेशबाट सहयोग गर्न चाहानुहुन्छ भने सहयोग गर्न सक्नु हुन्छ । उहाँको उपचारको लागी नेपाली माटो अनलाईनको तर्फबाट रु एक हजार दिएर यो अभियानको सुरुवात गर्न चाहान्छौं । 

यदि तपाईहरु पनि सहयोग गर्न चाहानुहुन्छ भने एन.आइ.सी एसिया बैकको शाखा कावासोतीमा रहेको खाता ७६८७–८४११–३१५२४–००१ गणेश प्रसाद पाण्डे  ( विरामीका श्रीमान ) सम्पर्क नम्वर ९८६७३८२२०० साथै विरामी गोमा पाण्डको सम्पर्क नम्वर ९८६६८४५२७४ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ ।

हाम्रा सबै पाठकहरुलाई सहयोग गरि उहाँको जिवन बचाइ दिनुहुन मंगोल खबर परिवार विनम्र अनुरोध गर्दछौं ।