भोलि दाङ र रुपन्देहीमा मंगोलवाद प्रशिक्षण हुने - MONGOL KHABAR

Breaking

भोलि दाङ र रुपन्देहीमा मंगोलवाद प्रशिक्षण हुने

जगत ठाडा मंगोल
दाङ / बुटवल । जेष्ठ १७,मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ जिल्ला सभा दाङको पहलमा भोली १८ गते दाङ तुलसीपुरमा मुलबासी मंगोल जागरण बारे प्रशिक्षण कार्यक्रम हुन गइरहेको ५ नं प्रदेश प्रमुख बिमला पुन मगरले मंगोल खबरलाई जानकारी गराउनु भएको छ ।
त्यसै गरि रुपन्देहीको बुटवल चौरङ्गेमा पनि भोलि प्रशिक्षण कार्यक्रम हुने केन्द्रिय प्रबक्ता तुलवीर दर्लामी मगरले जानकारी गराउनु भएको छ । रुपन्देहीको तिलोत्त नगरपालिका आज एक दिने प्रशिक्षण सम्पन्न गरि भोलीलाई बुटवलको चौरङ्गेमा कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रिय बरिष्ठ नेताहरुले  प्रशिक्षण प्रदान गर्ने संघीय सभाका नेताले बताएका छन । कार्यक्रममा सहभागी हुन संघीय सभाका बरिष्ठ नेताहरु काठमाडौ र पुर्ब धरानबाट प्रस्थान गरिसक्नु भएको जानकारी मंगोल खबरलाई जानकारी गराउनु भएको छ ।

उक्त स्थान वरपर सवैलाई कार्यक्रममा सहभागी भै मंगोलवाद बारे प्रशिक्षण लिन समेत जिल्ला सभा दाङ र रुपन्देहीले आह्वान  गरेको छ ।