बालुवा बोकेर नेपाली संगितिक क्षेत्रमा पसेको एक परिचित नाम ‘प्रकास राई’ - MONGOL KHABAR

Breaking

बालुवा बोकेर नेपाली संगितिक क्षेत्रमा पसेको एक परिचित नाम ‘प्रकास राई’


२०७६ बैशाख २१ शनिबार  ‘प्रकाश राई’ नेपाली सागीतिक आकाशमा त्यक्ति नयाँ नाम होईन ।
सानैदेखि नै संगीत पारखी ‘प्रकाश’ अहिले एक सफल गायक हुन् ।
सोलुखुम्बुको डाँडाहरुमा वयेली खेल्दै अनि रमणीय पाखाहरुमा रमाउँदै हुर्किएका उनलाई अहिले नेपाली संगीतमा रमाउँनेहरुले एक स्थापित गायक भनेर चिन्छन् । 
यसरी सुरु भएको रहेछन्, गायक ‘प्रकाश’का संघर्षका यात्राहरु 
आकाशमा कुदिरहेको बादलले पानी बनाउँन खोज्दै अनि हावाहुरि बढ्दै थियो ।  चराचुरुङ्गीहरुको गीत अरु दिन भन्दा फरक फरक सुरतालमा सुनिईरहेका थिए । मान्छेहरु सबै अतालिइरहेका थिए । तल्लो घर, माथिल्लो घर सबै सबै । कोही सुसाईरहेका थिए, भन्थे “यस्तो मौसमले त मानिसलाई नरकतिर डोर्याउँछन् रे ” 
तर, “मेरो कथा अलिक छुट्टै नै रह्यो ।” राई भन्छन् ।
म घरको कुनै कुनामा डराए बसिरहेको हुँदो हुँ । मेरो अगाडी अंकल आउँनुभयो, अनि उभिनुभयो केही नभनी, मैले सोधें अंकल खोई बाबा
 तर, अंकल अक्मक
तर, बाबा उता बितिसक्नुभएको रहेछ । 
त्यसपछिको आमाको चिच्याहट पनि उस्तै हृदयविदारक  पनि आमा एकैचोटी बेहोस भई ढलेको मात्रै थाहा भयोÆ 
बाबाको मृत्यु पश्चातको समय एकदमै दुःखदायी नै रह्यो ।
आमालाई धेरै आरोप–प्रत्यारोपमा कुटिई, अनि मलाई असह्य चोट दियो ।  तर, ति पिडाहरुले नै  मलाई बलियो बनाएर  यो स्थानसम्म पुर्यो, खुशी छु ।
साधारण परिवारमा जन्मि हुर्केका राई ११ वर्षको हुँदै बाबाले संसार छोडनुभएको रहेछ ।
सानैदेखि साहित्यमा विशेष झुकाव भएका राई अहिले आएर थुप्रै अनुयायीहरुलाई आफ्नो बनाउँमा सफल छन् । लेखक बन्ने सपनालाई पालिरहेका राईले धेरै साहित्यिक रचनाहरुलाई समेत स्थान दिए ।
यससँगैं उनी संगीतलाई मायाँ गर्दै गए । सानैबाट गीतहरु  सुन्दै गहभरी आँशु पार्ने राई  अहिले त एक सफल गायक पनि बनी सकेका छन्
गाउँको उकाली ओरालीलाई धाउँदै अगाडी बढिरहेका राई भन्छन् ।
“गाठालो जादाँ गाई कुट्ने लठ्ठी तेर्साएर गितार सम्झेर हातले बजाउँथे । धेरै गीतहरु गाउँथें । घरमा हुँदा आगो फुक्ने फुकुनोलाई बाँसुरी सम्झिएर कत्ति बजाउँथे ।”
“यो मेरो गाउँले बाल्यकालको संगीत जीवन थियो ।” उनी हाँस्दै सुनाउँछन् ।
सानोमा संगीतमा विशेष रुची बोकेका उनीले कहिल्यै सोचका थिएनन्  , आज गायक बनेर यो स्थान सम्म पुग्छु भनेर । 
“मलाई कहिल्यै लागेन, कि म गायक बन्छु भनेर, किनकी, ईच्छा चाहना प्रशस्तै थिए । तर, पारिवारिक स्थिति थिएन । त्यस्ता दिनहरुको समिपबाट टाढा भएको म अहिले आएर यो चूली सम्म पुग्दा  मनै फुरुङ्ग भएको छ ।”
सानैबाट आमाबाबाको मायाँबाट बञ्चित भएका ‘प्रकाश’ले दुःखबाट केही सिक्न सकिन्छ । यसबाट सिकिएको पाठले पनि जीवनलाई सधैं सुमार्गमा लग्छ भने विश्वास म सँग सधै रहिनै रह्यो ।
‘प्रकाश’ले जीवन कालखण्डको दौरानमा संचार जगतको अनुभवसमेत बटुल्न भ्याए ।
उनी मुस्कुराहट मुद्रामा भन्छन् ।
“गीतहरु सुन्थें, सुन्दासुन्दै कत्तिखेर आँशुले सिरानी भिज्थ्यो । पत्तै हुँदैनथ्यो । अनि सोच्थें, मपनि गायक भईदिएको भए, शायद यसैगरी गाउँथें, उनी भावुक पारामा सुनाउँछन्, आफ्नो संघर्षका कथाहरु ।
यि कथाका एक पात्र, ‘प्रकाश’लाई अहिले नेपाली सांगीतिक आकाशमा एक उज्यालो वहन गरेका तारा भन्ने कहिल्यै हिच्किचाएनन्, नेपाली श्रोता–दर्शकहरु Û
“म त खुशी छु । मेरा यि सपनाहरुले साकार रुप लिए । यो नै सबैभन्दा ठूलो कुरा हो ।”
भन्छन्, संगीतमा लागेका मान्छेहरु धेरै सौखिन हुन्छन् भनेर । तर, गायक प्रकाश भने, आफुसँग अलिक छुट्टै खालको संगीत अनुभव भएको बताउँछन् ।
“सुरुमा संगीत सिक्दा खुब दुःख थियो । गाडी भाडा हुँदैनथ्यो । अनि राजधानीका अधिकाशं भागमा हिडेरै यात्रा गरिन्थ्यो । ति दिनहरुलाई सम्झिरहँदा अहिले यदाकदा मज्जा पनि लाग्छ ।”उनी अभ्यस्तलाई ओकल्छन् ।
“राजधानीमा संगीतको यात्रा तय गर्न बालुवासमेत बोकेको छु ।”उनी विगत सम्झन्छन् । “ति दिनहरुलाई नियालीरहँदा कस्तो कस्तो लागेर आउँछ । कतै खुशी अनि कतै नैराश्यता , कहिलेकाहीँ लाग्छ, ति दिनहरु फेरी फर्केर समित भईदिए हुन्थ्यो, भनेर ।
“तर अहिले आएर नेपालमा मात्र नभई  देशबिदेशमा पनि साङ्गितिक कार्यक्रमका लागि पुगेसकेको उनी बताउँछन्”।
गायक ‘प्रकाश’मा त्यत्ति मात्र होईन, अन्य पनि खूबीहरु पाईन्छ ।
उनी हिमाल आरोहण गर्नमा पनि माहिर छन् ।
केही हिमालहरु चढिसकेका उनी भन्छन् ।
“मैले केही हिमालहरु आरोहण पनि गरेको छु । किनकी मैले पर्यटनसम्बन्धी केही अनुभवहरु पनि बटुल्ने मौका पाएको छु ।”
तर, पछिल्लो समय उनी संगीतमै बिताउँने गर्छन् ।
संगीतको माध्यमबाट जीवनलाई नियालीरहेका‘प्रकाश’सुनाउँछन् ।
“खुसी छु म अहिले संगीतले गर्दा अलिक बढी व्यस्त छु ।”

संगीतले जीवन बाँच्न पुगेको छ । परिवारहरुलाई खुशी दिन पुगेको छ । संगीतमा लागेर खुशी नै छु ।”
आजभोली जमानामा बजारानुसार गईयो भने गीतहरु सदावहार हुँदैनन् । पहिले पहिलेका गीतहरु बरु जस्तो भएपनि अलिक चल्थे । तर, अहिलेका संगीत जिवनमा धेरै चूनौतीहरु छन् । खुब चिन्ताजनक छन् । प्राय ः ले भन्छन् पैसा नै सबै कुरा रहेछ भनेर तर म त्यस्तो सोच्दिन “ जे भएपनि खुशी छु संगीत जीवनमा लागेर । प्रकाश राई एक सफल गायक मात्र होइन ।वहाँ समाजसेबि पनि हुन । वहाँले अहिले सम्म ३ दर्जन भन्दा पनि गित गाईसक्नु भएको छ । वहाँले गाउनु भएको गितहरु!
बजार मा आएका गीतहरु,,,,,,,,,,,,,,,    1- मनको बाटो             2- चुरा दिउला पोते दिउला     3 देखायौ माया यसरी          4- मेरो मनैको मन्दिर      5- जहाँ आज सारा कहानी    6-  यो माया भन्ने चिज कस्तो   7- मानिसको जिन्दगी यो        8- सम्झिदै सम्झिदै अतितहरु  9- तीम्रो माया कुन्नी कस्तो  10- सोलुखुम्बु घुम्दै    11- नपिउनु कसरी भनु म  12--रुज्योनी लै लै