नेत्रविक्रम चन्द (विप्लव) का पश्चिम नवलपरासी जिल्ला सदस्य रमेश बस्याललाई जिल्ला अदालतले छाडे लगत्तै प्रहरीले सोमबार पुनः पक्राउ - MONGOL KHABAR

Breaking

नेत्रविक्रम चन्द (विप्लव) का पश्चिम नवलपरासी जिल्ला सदस्य रमेश बस्याललाई जिल्ला अदालतले छाडे लगत्तै प्रहरीले सोमबार पुनः पक्राउ

नवलपरासी । जेष्ठ १३ ,परासी नेत्रविक्रम चन्द (विप्लव) का पश्चिम नवलपरासी जिल्ला सदस्य रमेश बस्याललाई जिल्ला अदालतले छाडे लगत्तै प्रहरीले सोमबार पुनः पक्राउ गरेको छ । उनलाई जिल्ला अदालतले ४० हजार धरौटीमा छाडेको थियो ।
जिल्ला न्यायधीश हेमबहादुर सेनको इजलाशले बस्यालसँगै जिल्ला इन्चार्ज सुमन उपनामका गंगा ज्ञवाली र जिल्ला सदस्य अलगु थारुलाई जनही ४० हजार धरौटी माग गरेको थियो । ज्ञवाली र थारुलाई धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

बस्याललाई भने धरौटी बुझाएर छुटे लगत्तै सादा पोशाकका प्रहरीले अदालतको मुल गेट अगाडीबाट पक्राउ गरेको हो । बर्दघाट नगरपालिका–४ बस्ने बस्याल एक महिना अघि घरबाटै पक्राउ परेका थिए ।

त्यसैगरी जिल्ला इन्चार्ज ज्ञवाली गत चैत ११ गते र थारु चैत २२ गते पक्राउ परेका थिए । उनीहरु माथि ‘आगो लगाएको ’र ‘संगठित अपराध’मा प्रहरीले मुद्दा चलाएको थियो । यसैबीच बस्याल र थारुले सोमबार नै एक विज्ञप्ती प्रकाशित गरी आफूहरुले उक्त पार्टी परित्याग गरेको जनाएका छन् ।


उनीहरुद्धारा जारी छुट्टाछुट्टै जारी विज्ञप्तीमा आजैका मितिदेखि उक्त पार्टीको शुभचिन्तक, समर्थक र साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।  बस्यालमाथि केही विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।