मरिसकेको आशंकामा देवघाटमा पुर्न लागिएको बच्चाले सास फेर्न थालेपछि पुनः अस्पतालमा उपचार - MONGOL KHABAR

Breaking

मरिसकेको आशंकामा देवघाटमा पुर्न लागिएको बच्चाले सास फेर्न थालेपछि पुनः अस्पतालमा उपचार

चितवन । बैशाख २३, मरिसकेको आशंकामा देवघाटमा पुर्न लागिएको बच्चाले सास फेर्न थालेपछि पुनः अस्पतालमा उपचार गर्न ल्याइएको छ । अविवाहित महिलाबाट आठ महिनामै जन्मिएको बच्चालाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि आफन्तहरुले घर लैजाने भनेर देवघाट लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
मकवानपुरकी एक अविवाहित महिलाले जन्माएको बच्चालाई मेडिकल कलेजले बचाउन नसक्ने जानकारी गराएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बच्चाको अहिले उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।