नारायणकाजीलाई चिन्ता, केपि र प्रचण्डले यसैगरी पार्टी चलाए हामी सबै काँशी गए हुन्छ’ - MONGOL KHABAR

Breaking

नारायणकाजीलाई चिन्ता, केपि र प्रचण्डले यसैगरी पार्टी चलाए हामी सबै काँशी गए हुन्छ’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अध्यक्ष तथा प्रधामन्त्री केपि ओली र अर्का अध्यक्ष प्रचण्डको पार्टी संचालनको विधि र तौरतरिकासँग असन्तुष्टि जनाएका छन् । श्रेष्ठले आइतबार बिहान पूर्वएमाले र माओवादी निकट युवा र विद्यार्थीहरुलाई आफ्नै निवास हरीसिद्धिमा बोलाएर पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका एक सहभागीले बताए ।
युवा र विद्यार्थीसग श्रेष्ठले भने ‘पार्टीमा निर्णय एक हुन्छ कार्यन्वयनमा जाँदा आ– आफ्ना गुटका नेताहरुलाई जिम्मेवारी दिन्छन् । पार्टी तीन जनाले संचालन गरेर एकताको भावना विपरीत काम गरेको छन् ।’उनले तीन जना भनेर अध्यक्ष केपि ओली, प्रचण्ड र बादललाई संकेत गरेका एक सहभागीले बताए ।
‘एकता भएको समाजवाद ल्याउन हो । समृद्धि ल्याउन हो । अन्याय अत्याचार र भ्रष्टाचारको अन्त्यको लागि हो तर नेताहरुले भ्रष्टाचारम शुन्य सहनशीलता भन्ने तर आफ्ना गुटका भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृतिले कम्युनिस्ट पार्टी नटिक्ने बताएका थिए एक सहभागी युवाले बताए ।’अर्का सहभागीले श्रेष्ठको भनाई उद्धृत गदै भने ‘दुबै अध्यक्षले अहिले जे गरिराख्नु भएको छ त्यो गलत गरिराख्नु भएको छ ।

यसरी र यो प्रक्रियाबाट कम्युनिस्ट पार्टी र सरकार चलिराख्यो भने हामी सबैले काशी गए हुन्छ ।’श्रेष्ठले नेकपा अहिले संसदवादमा रुमलिएको पनि बताए । उनले भनेका थिए ‘समाजवाद संसदवादमा रुमलिएर आउँदैन । हामीले यो भन्दा अगाडि जानु पर्नेछ ।’नेकपाका नेताहरु पनि अहिले चुनाव लड्ने जितेपछि पैसा कमाउने र अर्को चुनाव लड्ने प्रवृतिका भएका र आफू जस्ताले त अब चुनाव नै लड्न नसक्ने अवस्था आएको गुनासो गरेका एक सहभागीले जनतापाटीसँग बताए ।नेकपामा सबै भन्दा ठूलो समस्या गुट र स्वार्थ समूह रहेको उनको बुझाई रहेको ती सहभागीले बताए ।

दुई दिन पहिला भएको सचिवालयले गरेको निर्णय प्रति खुलेर असहमति नजनाए पछि निर्णय प्रति असन्तुष्ट रहेको आफुले बुझेको एक विद्यार्थी नेताले बताए ।शुक्रबार भएको ७ वटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवमा पूर्व एकता समूहबाट कोही पनि परेका छैनन । उनले यही कुरा प्रति असन्तुष्टि पोख्न युवा विद्यार्थी बोलाएर छलफल गरेका छन् ।सहभागी मध्यमा दिपशीखा, रमेश आचार्य, रन्जीत तामाङ र नविना लामाले पनि आ–आफ्ना कुरा राखेका थिए ।

एकजना सहभागीका अनुसार बोल्ने युवा विद्यार्थी नेताहरुले पनि पार्टी नेतृत्व र सरकारका काम प्रति असन्तुष्टि राखेमा आफै अन्याय हुने भएकोले आफूहरु नबोलेको बताएका थिए ।एक जना सहभागीले भने ‘ चारैजनाले आफूहरु पनि अहिलेको पार्टीको काम र सरकारको कामप्रति त्यति सन्तुष्ट नभएको तर सल्लाह र सुझाब दिन र बोल्न पनि नसकेको बताएका थिए ।’

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीलाई बढी काम गर्न र कम बोल्न सुझाव दिएको दिन नै श्रेष्ठले पनि ओली र प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । एक जना नेकपाका नेताले भने अहिले नेपाल र श्रेष्ठको निटकता बढेको छ । त्यही भएर पनि दुबै नेताहरु अध्यक्षद्धय प्रति आक्रामक भएका होलान । साभार :- जनपार्टी